काठमाडौं । मानवअधिकारकर्मी तथा पुराना कम्युनिष्ट नेता पद्मरत्‍न तुलाधरको निधन भएको छ । मस्तिष्काघात भएपछि नर्भिक अस्पतालको आइसियूमा उपचार गराईरहेका तुलाधरको आईतबार दिउँसो निधन भएको हो । "/>

पद्मरत्न तुलाधरको अस्पतालबाट घरमा लगियो, प्रचण्डले दिए श्रद्धाञ्जली

पद्मरत्न तुलाधरको अस्पतालबाट घरमा लगियो, प्रचण्डले दिए श्रद्धाञ्जली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मानवअधिकारकर्मी तथा पुराना कम्युनिष्ट नेता पद्मरत्‍न तुलाधरको निधन भएको छ । मस्तिष्काघात भएपछि नर्भिक अस्पतालको आइसियूमा उपचार गराईरहेका तुलाधरको आईतबार दिउँसो निधन भएको हो । उनको शव लैनचौरस्थित निवास लगिएको छ।

उनलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु नर्भिक अस्पतालमा अन्तिम श्रद्धाञ्जली दिएका छन् । आइतबार रातभरि लैनचौरस्थित निवासमा राखेर उनको सोमबार अन्त्येष्टि गरिनेछ ।

मस्तिष्काघात भएपछि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट रिफर गरेर नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। उनलाई नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टिमले उपचार गरिरहेको थियो।

पूर्वराजनीतिज्ञ समेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो । तुलाधार २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो उनको परिवारले गर्दै आएको थियो ।

मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

Logo