काठमाडौं । विभिन्न हत्या काण्डमा हतियार व्यवस्थापन गरेको आरोपमा प्रहरीले माया शेरचनलाई पक्राउ गरेको छ । "/>

को हुन् ‘लेडी डन’ माया शेरचन ? जो श्रीमानको ‘गुण्डाराज’ सम्हाल्थिन

को हुन् ‘लेडी डन’ माया शेरचन ? जो श्रीमानको ‘गुण्डाराज’ सम्हाल्थिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विभिन्न हत्या काण्डमा हतियार व्यवस्थापन गरेको आरोपमा प्रहरीले माया शेरचनलाई पक्राउ गरेको छ । गुण्डा नाईके समिरमान सिंह बस्नेतकी श्रीमती माया पनि लेडी डनको रुपमा परिचित छिन् । उनी विशेषगरी आफ्नो श्रीमानको गुण्डागर्दीको आडमा आफ्नो शक्ति प्रदर्शन गर्दै आएकी थिईन् ।

महानगरीय अपराध महाशाखाले आईतबार काठमाडौंको स्वयम्भुस्थित ठूलो भर्‍याङबाट मायालाई नियन्त्रणमा लिएको छ । उनीमाथि विभिन्न तीन हत्या काण्डमा हतियारको व्यवस्थापन गरेको आरोप छ ।

गत वर्ष असोज २३ गते बानेश्वरमा गोली हानेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या गरिएको थियो । उक्त हत्याकाण्ड समीरकै योजनामा भएको थियो । उक्त काण्डमा प्रहरीले अहिलेसम्म समीरहित ३ जना पक्राउ परेका छन् ।

कसरी पक्राउ परिन माया ?
यसअघि गौचनको हत्या आरोपमा पक्राउ परेका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीले एक बयान दिए । त्यो बयान सुटर अमरबहादुर रानाले दिएका थिए । उनले गौचनलाई मार्नको लागि हतियार समीरमानसिंहकी श्रीमती मायाले उपलब्ध गराएकी थिईन् । उनको बयानका आधारमा प्रहरीले मायालाई केहीदिनदेखि निगरानीमा राखेको थियो ।

गौचन हत्या, प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीमाथिको आक्रमण र दाबा लामामाथि गोली प्रहार समीरमानको योजनामा भएको र त्यसमा हतियारको व्यवस्थान मायाले गरेको खुलासा सुटर अमर बहादुर रानाले गरेका थिए ।

समीरमानले एक जना व्यक्तिमार्फत हतियार उपलब्ध गराएपछि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई आफुले गोली चलाएको बयान लोप्साङले दिएका थिए । अमर रानाका अनुसार काभ्रेली गुन्डा नाइके दाबा लामालाई गोली हाने लगत्तै उनले मायालाई हतियार राख्न दिएका थिए ।

तीन वटै गोलीकाण्डमा ९ एमएमको पेस्तोल प्रयोग भएको थियो । उनीहरुले बयानमा घटनामा प्रयोग भएको पेस्तोल दरबारको भएको दाबी गरेका थिए । ‘उनीहरुले समिरको बुबा पहिले दरबारको माली भएको बताउँदै पेस्तोल दरबारको भएको दाबी गरेका छन्, त्यस विषयमा अब मायाबाट केही खुल्ला ।’ प्रहरी स्रोतले भन्यो । प्रहरीले त्यो पेस्तोल दरबारको हो या होइन भन्ने विषय यकिन गरिसकेको छैन ।

फरार भएकाहरुलाई पनि मायाले नै रकम पठाउथिनः
विभिन्न व्यक्तिहरुको हत्या गरेर सुटर फरार हुन्थ्ये । केही पैसा एडभान्सको रुपमा लिनेगरेका सुटरहरुले हत्यापछि बाँकी रकम मायाबाटै पाउथें । ‘कति पटक उनी आफैंले पनि रकम पठाइदिएको खुलेको छ’ प्रहरी स्रोतको दावी छ । ‘पक्राउ परेकाहरुले मायाको भूमिकाका विषयमा जे जति कुराहरु भने त्यसले उनी भित्र पनि लेडी डन हुने अभिलाषा रहेको देखियो’ प्रहरी स्रोत भन्छ ।

समीर जेलमा हुँदा सबै काम श्रीमती मायाबाट:
गुन्डा नाइके समीरमान गत मंसिरमा भारतबाट पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले मंसिर १७ गते सार्वजनिक गरेको थियो । त्यसयता उनी जेलमा छन् ।

समीर जेल गएपछि अपराध सञ्जालको सम्पूर्ण जालो उनीकै श्रीमतीबाट हुने गरेको प्रहरीको दाबी छ । समीर जेलमै भएको बेला समेत अर्को ठूलो हत्याको योजना उनकै श्रीमतीबाट हुने गरेको समेत प्रहरीले निष्कर्ष निकालेको छ ।

Logo