File Photo

काठमाडौं । "/>

गौचन हत्या प्रकरणमा समिरमानकी श्रीमतीको संलग्नता, स्वयम्भुबाट पक्राउ

गौचन हत्या प्रकरणमा समिरमानकी श्रीमतीको संलग्नता, स्वयम्भुबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

                                                    File Photo

काठमाडौं । गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती पक्राउ परेकी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या काण्डमा मायाको संलग्नता रहेको आरोपमा प्रहरीले स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी गौचनको हत्या गरिएको थियो । उक्त घटनाका मुख्य योजनाकार समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो । गौचन हत्या, प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीमाथिको आक्रमण र दाबा लामामाथि गोली प्रहार समीरमानको योजनामा भएको र त्यसमा हतियारको व्यवस्थान मायाले गरेको खुलासा सुटर अमर बहादुर रानाले गरेका थिए ।

यस्तै समीरमानले एक जना व्यक्तिमार्फत हतियार उपलब्ध गराएपछि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई आफुले गोली चलाएको बयान लोप्साङले दिएका थिए । अमर रानाका अनुसार काभ्रेली गुन्डा नाइके दाबा लामालाई गोली हाने लगत्तै उनले मायालाई हतियार राख्न दिएका थिए ।

यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् ।

Logo