तस्बिर : मृतक बालिका । "/>

आफ्नै बाबुबाट बलात्कृत बालिकाले अन्ततः प्राण त्यागिन्

आफ्नै बाबुबाट बलात्कृत बालिकाले अन्ततः प्राण त्यागिन्

केन्द्रबिन्दु
0
Shares

                                                 तस्बिर : मृतक बालिका । मैमुद्दिकी सिद्धिकी फेसबुकबाट

नेपालगन्ज । बाबुबाट बलात्कृत १० वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा नेपालगन्ज उपमहानगर–२१ पुरैनाकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कडा सुरक्षा घेराबीच शुक्रबार मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको थियो ।

बालिकाको मृत्युपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन्। जाहेरीमा कातिक ३, ४ र ५ गते बालिकामाथि बाबुले यौन दुर्व्यवहार गरेको उल्लेख छ। जाहेरीमा ‘तेल लगाउने बहानामा स्तन समाउने, योनिमा औंला पसाएर यौन दुर्व्यवहार गरेको’ उल्लेख छ । पोलियो रोगले अपांगता भएकी बालिकालाई तेल लगाउने गरिएको थियो।

तेल लगाउने बहानामा यौन अंग चलाउने गरेको किटानीसहित जाहेरी परेकाले अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए। अनुसन्धानकै क्रममा बालिकाको मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । आरोपी बाबुलाई जाहेरी परेकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ।

Logo