सल्यान । सिमखर्ककी ५० वर्षीया केवली नेपाली गत साउन २२ गते भारतबाट घर आईन् । भारतमा कमाएको केही पैसा बोकेर दशैं तिहारको लागि भन्दै उनी घर आएकी थिईन् । "/>

ज्यान जोगाउन चोरसँग रातभर यौन सम्पर्क गरे तर मारेर भागे !

ज्यान जोगाउन चोरसँग रातभर यौन सम्पर्क गरे तर मारेर भागे !

केन्द्रबिन्दु
0
Shares

सल्यान । सिमखर्ककी ५० वर्षीया केवली नेपाली गत साउन २२ गते भारतबाट घर आईन् । भारतमा कमाएको केही पैसा बोकेर दशैं तिहारको लागि भन्दै उनी घर आएकी थिईन् । दशैं तिहार राम्रै तरिकाले मनाउने सोचका साथ शारदा नगरपालिका–८ सिमखर्क घर आएकी थिईन् । उनी घर आएको सोही ठाउँका १९ वर्षीय राजु भनेर चिनिने वीरवहादुर बस्नेतले चाल पाए ।

राजुले केवलीसँग भएको पैसा चोर्ने योजना बनाए । त्यसको लागि राजु केवलीको घर गए । उनी भर्खरै भारतबाट आएकाले पैसा चोर्ने योजना बनाई २४ गते राति केवलीको घरमा पुगे । पैसा चोर्न केवलीको घरमा पुगेका राजुको मनमा अर्को पाप पलायो । उनले पैसा चोर्न जाँदा केवलीलाई एक्लै देखेपछि यौन सम्बन्ध पनि राख्न योजना बनाए । राजुले ति महिलासँग यौन सम्बन्ध पनि राखे र अन्ततः हत्या नै गरिदिए ।

पैसा चोर्न केवलीको घरमा पुगेका बिर बहादुरले एक हातले चक्कु र अर्को हातले केवलीको घाँटी समातेर पैसा देउ भने । केवलीले म संग पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् ।

बिर बहादुरले प्रहरीसँगको बयानमा भने, ‘त्यसपछि उनले मेरो हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् । यस्तो किन गर्छस् भोलि दिउला तलाई पैसा भनेर सम्झाइन् ।’ केवलीले वीर बहादुरलाई आज यतै सुत समेत भनिन् । ज्यान जोगाउनका लागी उनले अनेक उपाय खोजिन् । घाट मुनी रहेको रक्सी समेत पैसा चोर्न आएको बिर बहादुरलाई खुवाइन् । र आफुले पनि संगै खाइन् ।

ज्यान लिन आँटेको बिर बहादुरसँग केवलीले दुई पटक यौन सम्पर्क समेत राखिन् । ‘त्यसपछि खाट मुनिबाट निकालेको आधा बोतल रक्सी खाएर हामी संगै सुत्यौँ,’ बिर बहादुरले भने । सुतेको बेला राती कोठामा रहेको खोपाबाट ढुंगा खसेर भुइमा रहेको टिनमा लागेको र उक्त ढुंगा केवलीले ब्लाङेकेट मुनी राखेकी थिईन् । रातभर दुई पटक यौन सम्बन्ध राखेका विर बहादुरले बिहान हुनेबेला डोरिले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेर राति नै भागे ।

असोज २४ गते रातिको घटना भएपनि २५ गते बिहान ८ बजे प्रहरीलाई खबर पुगेपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीको टोली पुगेर कुकुर सहितको टोलीले अनुसन्धान अगाडी बढायो ।

टोली घटनास्थलमा खटी घटनास्थल सुक्ष्म रुपले अनुसन्धान गरी मृतक लाशको प्रकृति हेर्दा कसैले मारेको जस्तो देखिएकाले संकास्पद देखिएका ब्यक्तिहरुसँग सोधपुछ तथा कुकुर सहितको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जादा छिमेकी बस्नेत पक्राउ परे । प्रहरी समक्ष हत्या आरोपी बिर बहादुरले आफ्नो अपराध पनि स्वीकार गरेका छन् ।

नेपालगञ्जबाट आएको भुन्टीले अपराधीको बाटो देखायोः
प्रहरीले भने ‘भुन्टी कुकुर’ ले देखाएको बाटोको आधारमा शंका मानेर बस्नेतलाई असोज २६ गते बेलुका नै पक्राउ गरिसकेको थियो । घटना रहस्यमय देखिएपछि हत्याको भोलिपल्टै प्रहरीले नेपालगञ्जबाट ‘भुन्टी’ नामक कुकुर सल्यान झिकाएर हत्यारा हिँडेको बाटो पत्ता लगाएको थियो ।

‘जंगलमा हामीलाई भुन्टीले एकदमै सही बाटो लगेर गयो, त्यसले हामीलाई अपराधी समात्न सहज भयो,’ सल्यानका वीरेन्द्रबहादुर डिएसपी शाहीले भने । नेपालीको हत्यापछि बस्नेत सोझै आफ्नो घर नगएर फूपुको घरमा सुत्न गएको अनुसन्धानबाट खुल्न आएको छ ।

Logo