धनी बन्ने चाहना सबैमा हुन्छ । कसरी धनी बन्ने ? धनी बन्नको लागि के गर्ने ? प्रायः सबैको मनमा उठ्ने प्रश्न हो यो । हामी मध्ये धेरैजसो कडा मेहनत गर्छौ, परिश्रम गर्छौ । "/>

धनी बन्न सिकाउने ४ विदुर नीति

धनी बन्न सिकाउने ४ विदुर नीति

केन्द्रबिन्दु
0
Shares

धनी बन्ने चाहना सबैमा हुन्छ । कसरी धनी बन्ने ? धनी बन्नको लागि के गर्ने ? प्रायः सबैको मनमा उठ्ने प्रश्न हो यो । हामी मध्ये धेरैजसो कडा मेहनत गर्छौ, परिश्रम गर्छौ । तर, पनि पैसा कमाउन सक्दैनौ । कमाएको पैसा पनि बचत गर्न सक्दैनौ । किन ?

धन प्राप्त गर्नु, बढाउनु र बचाउनु धेरै जरुरी हुन्छ । धेरैजसो मानिसहरुको भन्ने गरेको सुनिन्छ, पैसा हातमा आउने वित्तिकै सकिहाल्छ । संसारिक जीवनमा अर्थविना सबै व्यर्थ छ । वास्तवमा धन बचाउनु भन्दा पनि भएको धनलाई कसरी बढाउने भन्ने बारेमा सोच्नुपर्छ । धन उसैको घरमा टिक्छ, जहाँ प्रसन्नता, प्रेम, भाइचारा र स्वभ्छता विद्यमान हुन्छ ।

हिन्दु धर्मग्रन्थ महाभारतको विदुर नीतिमा लक्ष्मीको अधिकारी बन्नको लागि चार विचार र कर्मसँग जोडिएको चार अहम सूत्र वताएको छ । यी चार तरिका अपनाएर धनवान बन्न सकिन्छ ।

श्लोक

श्रीर्मङगलात प्रभवति प्रागल्भात् सम्प्रवर्धते ।
दाक्ष्यात्तु कुरुते मुलं संयमात् प्रतितिष्ठत्ति ।।

श्लोकको अर्थः

१. पहिलो तरिकाः

राम्रो र मंगल कर्मबाट स्थायीरुपमा लक्ष्मी प्राप्त हुन्छ । यसको मतलव परिश्रम र इमान्दारीबाट गरेको कामबाट धन प्राप्त हुन्छ ।

२.दोस्रो तरिकाः

प्रागल्भात् अर्थात धन सँधै उचित व्यवस्थापन र लगानी एवं बचतबाट लगातार बढ्छ । यदि हामीले धनलाई उचित आम्दानी बढ्ने सहिी काममा लगाएमा निश्चय नै धन लाभ हुन्छ ।

३.तेस्रो तरिकाः

चतुरता अर्थात धनको उचित उपयोग गरेमा र आय व्ययको विशेष रुपमा ध्यान राखेमा धनको बचत पनि हुन्छ र धन बढ्छ । यसबाट धन सन्तुलन बनिरहन्छ ।

४.चौथो तरिकाः

चौथो र अन्तिम सूत्र संयम अर्थात मानसिक, शारिरक र वैचारिक संयम राख्दा धनको रक्षा हुुन्छ । यसको मतलव सुख पाउनको लागि र सोख पुरा गर्ने चक्करमा धनको दुरुपयोग नगर्ने । धनको घर र परिवारको आवश्यकता जरुरतमा मात्र खर्च गर्नुपर्छ ।

Logo