काठमाडौँ

काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले एक लाख ८२ हजार ८७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । "/>

साँखुबाट १४ जना जुवाडे पक्राउ : जुवाको खालबाट एक लाख ८२ हजार बरामद

साँखुबाट १४ जना जुवाडे पक्राउ : जुवाको खालबाट एक लाख ८२ हजार बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले एक लाख ८२ हजार ८७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा तास खेलिरहेका बेला तास सहित पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो ।

धनकुटा घर भई काठमाडौँ थली बस्ने ४१ वर्षीय मानबहादुर माझी, नुवाकोट घर भई साँखु बस्ने ३२ वर्षीय बाबुराम तामाङ, काभ्रे घर भई साँखु बस्ने ३५ वर्षीय सुरेश लामा लगायत १४ लाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

नियन्त्रणमा रहेका उनीहरूलाई महानगरीय प्रहरी बृत बौद्ध लगिएको र कारबाहीका लागि अनुसन्धान भइरहेको बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

६ लाख सहित ११ जना जुवाडे पक्राउ

उता पोखरा बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाँच लाख ९७ हजार ३६० सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई घर भई नयाँबजार बस्ने ३० वर्षीय सुनिल प्रसाद, मोतिहारीका ४२ वर्षीय राजुप्रसाद जैसवाल, २८ वर्षीय अमरेन्द्र कुमार, २५ वर्षीय लवकुश कुमार, ३२ वर्षीय रम्भुप्रसाद, ४० वर्षीय धमेन्द्र प्रसाद, २९ वर्षीय पप्पु जैसवाल र भारतकै शिवर जिल्ला घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवनाथ पण्डित लगायत रहेका छन् ।
रासस

Logo