सुजाता मुखिया । मानिसहरु खुशीमा रमाउछन् र दुःखमा निराश हुन्छन् । हामीहरु आफुलाई आपत पर्दा निकै आत्तिन्छौ र खुशी हुँदा मात्तिने गर्दछौं । "/>

जीवन संघर्ष: सेलरोटी बेचेर नै जिविकोपार्जन गर्दै सविता (भिडियो रिपोर्ट)

जीवन संघर्ष: सेलरोटी बेचेर नै जिविकोपार्जन गर्दै सविता (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

सुजाता मुखिया । मानिसहरु खुशीमा रमाउछन् र दुःखमा निराश हुन्छन् । हामीहरु आफुलाई आपत पर्दा निकै आत्तिन्छौ र खुशी हुँदा मात्तिने गर्दछौं । जुन एकदमै गलत हो । माथिको यो यथार्थलाई लत्याउँदै आएकी छिन्, सबिता श्रेष्ठले । उनको जीवन भोगाई निकै दुःखदायी थियो ।

उनी दुःखले अलिकति पनि विचलित भइनन् । दुःखसँग उनी डराइनन् । दुःखसँग जुधिन् । त्यसैले त विगतमा मासिक ३ सय पनि कमाउन धौं धौं पर्ने उनलाई आजभोली लाखौं कमाउन सामान्य लाग्छ । अरुकोमा गएर न्युन तलवमा सामान्य काम गर्ने उनले आजको दिनसम्म आइपुग्दा ७ जना महिलाहरुलाई रोजगार दिएकी छिन् ।

एकजना बराबर मासिक १५ हजार तलब दिन्छिन् । व्यवसाय सुरु गर्न उनले धेरै लगानी पनि कहाँ गरेकी हुन र ? जम्मा १ हजारबाट सुरु गरेकी थिइन् । अनन्तः समाजमै एक उदाहरणीय पात्र बनेकी छिन् ।

‘दुःख निरोध आर्य सत्य’ – जहाँ दुुःखको उदय हुन्छ, त्यहाँ दुःखको निवारण पनि हुन्छ । यो भनाई उनको जीवनसँग ठ्याक्कै मिल्छ । उनको जीवनमा अभाव नभईदिएको भए सायद उनी यहाँसम्म आइपुग्थिनन् होला । यत्तिकैमा छोरीले पनि एसएलसी पास गरिन ।

घरखर्च दिनदिनै बढेको बढ्यै । छोरीलाई उच्च शिक्षाको लागि खर्च लाग्ने । दिनदिनै खर्च बढ्दै गयो । छोरा छोरीको भविष्यको चिन्ताले छटपटाउन थालिन् । यसरी त अब हुँदैन भनेर केहि त गर्नुपर्छ भनेर सुरु गरिन, सेलरोटी व्यवसाय । त्यसपछि उनको जीवनले नयाँ गति लियो ।

बिहान ४ बजेबाट सुरु हुने उनको दैनिकी साझँ सुर्य अस्ताएपछि पनि सकिदैन् । २०६५ सालबाट सुरु गरेको उनको व्यवसाय आजको दिनसम्म आइपुग्दा उनको जीवनमा धेरै परिवर्तन भईसकेको छ ।

वैदेशिक रोजगारको लागि विदेश गएका दुई छोरा पनि घर फर्केका छन् । यतिबेला दुईवटै छोरा र बुहारी तथा छोरीले पनि व्यवसायमा सघाईरहेका छन् । उनले यो व्यवसायलाई यति उचाइसम्म पु¥याउन कुनै डिग्री हासिल गरेकी छैनन् । केवल तीन कक्षासम्म मात्र पढेकी छिन् ।

उनले दुईवटा घडेरी समेत किनिसकेकी छन् । एउटा गाडी र छोरीलाई स्कुटर किनिदिएका छन् । घरखर्च उनको व्यवसायले नै टरेको छ । कुनैबेला चरम आर्थिक अभावको चपेटामा परेर घरखर्च चलाउन धौ धौ हुने उनी अहिले काठमाडौंमा आफ्नै मेहनतमा घर ठड्याउने सोचमा छिन् । उनको जीवन संघर्ष आफैमा अनुकरणीय छ । उनी महिलाहरुको लागि पनि एक उदाहरणीय पात्र बनेकी छन् ।

सहरिया जीवनको सुख शैलीमा जीउने महिलाहरुको लागि उनले एउटा गतिलो प्रहार गरेकी छन् । आफ्नो श्रीमान तथा पुरुषको कमाई मात्र खाने महिलाका लागि उनी ‘महिलाहरुले पनि केही गर्न सक्छन’ भन्ने उदाहरण बनेकी छन् । उनी एकातिर महिला हुन भने अर्को तिर एकल महिला ।

जीवनभर साथ दिन्छु भन्ने बाचा खाएका श्रीमानलाई उनले अल्पायुमै गुमाउनुपरेको थियो । त्यसपछि दैनिकी झन कष्टकर बन्दा पनि उनी कहिल्यै विचलित भईनन् । निरन्तर आफ्नो यात्रामा निश्किएपछि एकदिन अवश्य सफलता हात लाग्ने उदाहरण हुन्, सविता । उनको यो संघर्षको कथाबाट हामीले पनि केही सिक्ने की ?

हेर्नुहोस् बिस्तृत रिपोर्ट 

Logo