महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा सोमबार प्रदर्शन गरिएको छ । "/>

निर्मला हत्या प्रकरणमा महेन्द्रनगर फेरि आन्दोलित

निर्मला हत्या प्रकरणमा महेन्द्रनगर फेरि आन्दोलित

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा सोमबार प्रदर्शन गरिएको छ । घटना भएको तीन महिनासम्म हत्यारा पत्ता लाग्न नसकेको भन्दै निर्मलाका परिवार, अधिकारकर्मी लगायतले सोमबार प्रदर्शन गरेका हुन् ।

महेन्द्रनगरको मदन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रदर्शनमा गाउँदेखिसमेत महिलाहरुको सहभागिता भएको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिइन्।

साउन १० गते १३ वर्षीय किशोरी पन्तको हत्या भएकोमा अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । यो प्रकरणमा गम्भीर लापरवाही गरेको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई कारवाही स्वरुप प्रहरी सेवाबाट हटाईएको छ ।

Logo