जनकपुरधाम

प्रेममा परेर दोस्रो विवाह गरेकी एक महिलाको श्रीमानबाटै हत्या भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीकी २५ वर्षिया रुबी शर्मा ठाकुरको हत्या भएको हो । "/>

प्रेम गरेर दोस्रो विवाह गरिएकी रुबीको श्रीमानबाटै हत्या

प्रेम गरेर दोस्रो विवाह गरिएकी रुबीको श्रीमानबाटै हत्या

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

प्रेममा परेर दोस्रो विवाह गरेकी एक महिलाको श्रीमानबाटै हत्या भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीकी २५ वर्षिया रुबी शर्मा ठाकुरको हत्या भएको हो । हत्या गर्ने श्रीमान संजय यादव फरार छन् ।

पारिवारिक विवादका कारण कुटपिट गरेर संजयले श्रीमती रुबीको हत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिए । उनका अनुसार संजयले शुक्रबार साँझ निर्घात कुटपिट गरी बेहोस बनाएका थिए । पछि चिकित्सक बोलाएर उपचार गराउन खोजे । तर उपचार गर्दागर्दै रुवीको मृत्यु भयो ।

रुबीको शरीरमा चोट लागेको नदेखिएको प्रहरी निरीक्षक कुशवाहाले बताए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र कसरी हत्या गरेको विषय खुल्ने जनाए ।

स्थानीयले भने छातीमा ढुंगा प्रहार गरेर रुबीको हत्या गरेको बताएका छन् । ‘अत्याधिक मदिरा सेवन गर्ने संजय शुक्रबार साँझ पनि मदिरामा मातेको थिए’, स्थानीय एक महिलाले भनिन् । रुबीले प्रेममा परी भागेर ५ वर्ष अघि संजयसँग बिहे गरेकी थिइन् ।

रुबीले केहि दिन अगाडी सुनको गहना बेचेकी थिइन् । सुन बेचेको कुरा श्रीमान संजयले थाहा पाएपछि रुपैयाँ माग्न थालेका थिए । तर रुबीले रुपैयाँ दिन मानिनन् । सोही कारण विगत तीन दिन अगाडिदेखि रुबीलाई यातना दिदै आएको थियो । शुक्रबार साँझ पनि रुपैयाँ मागेको र नदिएको झोकमा कुटपिट गरी रुबीको हत्या गरेको उनका भाइ बिनोद शर्माले जानकारी दिए ।
अन्नपूर्णबाट

Logo