गौशाला–१ का ५५ वर्षीय रामअशिष पण्डितलाई कामकै चटारो छ । माग पूरा गर्नका लागि उहाँ अहोरात्र काममा व्यस्त हुनुहुन्छ । "/>

दलितलाई चाडबाडमा कमाउने चटारो

दलितलाई चाडबाडमा कमाउने चटारो

केन्द्रबिन्दु
0
Shares

गौशाला–१ का ५५ वर्षीय रामअशिष पण्डितलाई कामकै चटारो छ । माग पूरा गर्नका लागि उहाँ अहोरात्र काममा व्यस्त हुनुहुन्छ । छठपर्वका लागि माटोको भाडा बनाउन रामअशिषलाई भ्याइ नभ्याइ छ ।

अन्य समयमा कम माग हुने माटोका समान चाड पर्वका बेला पूजा पाठमा मात्रै प्रयोग हुने भएकाले रामअशिष वर्षभरिकै लागि परिवार पाल्न अहोरात्र मेहनत गर्दै छन् । महोत्तरी औरही–१ का इन्दलमल्लिक डोम पनि घरमै बसेर बसेर बाँसका सामग्री बनाउँदै छन् । घरका अन्य सदस्यले बाँस ल्याएर उनलाई सहयोग गरिरहेका छन् ।

गौशाला–११ भरतपुरकी ५५ वर्षीया कामिनी डोम एकाबिहानै देखि सपरिवार नै डालो, नाङ्लो र टपरी बनाउनमा व्यस्त देखिन्छन् । छठपर्वमा छठ माता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्लो र टपरीमा अर्घ दिनुपर्ने भएकाले आफूहरुको व्यापार समेत बढेको औरही ३ की फैकनीमल्ली डोम बताउछन् ।

छठका बेला सुपली, डालाजस्ता सामग्री बनाउँछौँ र बाँकी रहेको समयमा पौतीजस्ता सामग्री बनाएर बजार र गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको उनको भनाइ छ । चाडपर्वमा मात्र बिक्री हुने बासको सामग्री बेचेर उनले रु ५० हजारदेखि एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।

अन्य समयमा छोएको पानी र सामान नचल्ने भन्दै समाजमा अपहेलित हुँदै आएता पनि पूजापाठको समयमा उनीहरूबाट निर्मित्त विभिन्न किसिमको पूजा सामग्री भने चोखो हुने गर्छ ।

Logo