कृष्णसिंह धामी/काठमाडौं । दशैं सकिएपछि दशैंका दुई तस्बिरले सामाजिक सञ्जाल चर्चामा छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तस्बिरले सामाजिक सञ्जालले चर्चा पाईरहेको हो । "/>

के लालबाबु पण्डितले राष्ट्रपतिलाई पाठ सिकाएकै हुन् ?

के लालबाबु पण्डितले राष्ट्रपतिलाई पाठ सिकाएकै हुन् ?

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । दशैं सकिएपछि दशैंका दुई तस्बिरले सामाजिक सञ्जाल चर्चामा छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तस्बिरले सामाजिक सञ्जालले चर्चा पाईरहेको हो ।

दशैंको टिकाको दिन पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली घुँडा टेकेरै राष्ट्रपतिबाट टिका लगाउँछन् । उनी एक मात्र हुन् त्यसरी घुँडा टेकेर टिका ग्रहण गर्ने अन्य ठूलाबडा पनि थिए । तर पराजुलीको तस्बिर निकै चर्चामा आयो ।

राष्ट्रपतिले कुर्सीमा बसेर टिका लगाईदिँदाको तस्बिरलाई सामाजिक सञ्जालमा गणतन्त्रका महारानीको संज्ञा पनि दिए । राष्ट्रपतिको दशैं टिका कार्यक्रममा कसैलाई कुर्सीको व्यवस्था गरिएको थियो भने कसैलाई त्यक्तिकै । पराजुलीले घुँडा टेकेरै टिका ग्रहण गरिरहेको तस्बिर निकै चर्चामा आयो ।

उच्चपदस्थकोमा दशैंको टिका थाप्न जाँदा घुँडा टेकेर टिका लगाइएको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहँदा यता नेपाल सरकारकै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने स्वयं आफैंले घुँडा टेकेर टिका लगाईदिए । जुन तस्बिरले सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ ।

मन्त्री पण्डितले उनका निजी सुरक्षा अधिकारी (पिएसओज) लाई परिवारका सदस्यसँगै दशैंको टिका तथा जमरा लगाई दिएको तस्बिर सार्वजनिक भएको हो । श्रीमतीसँगै रहेका मन्त्री पण्डितले टिका थाप्न आएका नेपाली सेनाका अधिकारीलाई सजिलो गरी पलेटी कसेर बसाएका छन् भने टिका लगाइदिँदा आफैले घुँडा टेकेका छन् ।

के पण्डितले राष्ट्रपतिलाई पाठ सिकाउन खोजेका हुन ?


ठूलाबडाकोमा घुँडा धसेर टिका थापिरहेको तस्बिर सार्वजनिक भइरहँदा मन्त्री पण्डितले आफैं घुँडा टेकेर किन टिका लगाईदिए ? के उनको टिका लगाई राष्ट्रपतिलाई पाठ सिकाउन गरिएको हो ? यावत प्रश्नहरु पनि उब्जिएका छन् । तर मन्त्री पण्डितले यो कसैलाई पाठ सिकाउन नभई आफुले अरुलाई सम्मान गर्न गरिएको प्रतिक्रिया दिएका छन् ।

मन्त्री पण्डित भन्छन्, ‘टिका लगाई दिने व्यक्तिको सजिलोका लागि मैले घुँडा टेकेको हो । पारिवारिक बैठक कोठामा परिवारका सदस्यहरूसहित आफूकहाँ आउनेहरूलाई पारिवारिक रुपमै टिका टालो गरेर दसैँ मनाइयो । कसैलाई पाठ सिकाउने कुरैं भएन् ।’

माग्ने बुढोले निकाले नयाँ जुक्तिः

घुँडा टेकाएर टिका लगाईदिएको तथा आफुले घुँडा टेकेरै अरुलाई टिका लगाईदिएको तस्बिरबीच चर्चा परिचर्चा चलिरहेका बेला हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढो’ भने नयाँ जुक्ति निकालेका छन् ।

टिका लगाउने कार्यक्रममा कुर्सी नपाएकै कारण यस्तो चर्चा पाईरहेको बेला माग्ने बुढोले भने जता टिका लगाउन गयौं त्यतै कुर्सी बोकेर जानुपर्ने भन्दै राष्ट्रपति टिका प्रकरणलाई व्यंग गरेका थिए ।

दशैं सकिएको भोलीपल्ट अर्थात बिहीबार ‘माग्ने बुढो’ ले प्लाष्टिकको कुर्सी हातमा बोकेको तस्विर फेसबुकमा सेयर गर्दै यस विषयमा झटारो प्रहार गरेका थिए । श्रीमती सीताले समेत कुर्सी बोकेको तस्बिर सार्वजनिक गर्दे उनले लेखेका थिए, ‘हामी त दशैंभरी आफ्नै कुर्सी बोकेर टीका लाउन हिँडियो । कतै घुँडा टेक्नै परेन ।’

Logo