काठमाडौं । निर्मला पन्त प्रकरणमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट हटाईएका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले आफुलाई नभई फिल्डमा खटिने प्रहरीलाई कारवाही हुनुपर्ने बताएका छन् । "/>

एसपी विष्ट भन्छन्, ‘निर्मलाका मुख्य अपराधी जोगाउन मलाई फसाईयो’

एसपी विष्ट भन्छन्, ‘निर्मलाका मुख्य अपराधी जोगाउन मलाई फसाईयो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्त प्रकरणमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट हटाईएका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले आफुलाई नभई फिल्डमा खटिने प्रहरीलाई कारवाही हुनुपर्ने बताएका छन् । उच्चस्तरिय छानविन समिति र डिआईजी धिरु बस्न्यातको नेतृत्वका गठिन समितिले दिएको सुझावका आधारमा गृह मन्त्रालयले एसपी विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएको थियो ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोप उनीहरुमाथि लागेको थियो । आफुमाथि लगाईएको आरोप निराधार रहेको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका सेवाबाट हटाईएका एसपी विष्टले फिल्डमा खटिएका प्रहरी अधिकारीलाई पनि कारवाही गर्न माग गरेका हुन् । प्रमाण संकलन गर्ने देखि लिएर अन्य काम समेत उनीहरुले नै गरेको भन्दै आफु जिल्ला प्रमुखको नाताले कारवाही गरिने उचित नभएको दाबी गरेका हुन् ।

‘फिल्डमा खटिने उनीहरु । मैले त्यो बेला चलिरहेको रिक्सावालाहरुको आन्दोलनलाई पनि हेरिरहेको थिए, अर्कोतिर निर्मलाको केशमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा थिए । प्रमाण नष्ट गरेको भएपनि फिल्डमा खटिनेहरुले नै गर्नेहुन् । अनि मलाई किन कारवाही गरियो ?’ उनले प्रश्न गरे ।

निर्मलाका मुख्य अपराधीलाई बचाउन राज्यले आफुलाई फसाएको उनको आरोप छ । ‘यो घटनाको सम्पूर्ण दोष म माथि थुपारियो, जो फिल्डमै खटिएको थियो उनीहरुको गल्ती नै देखाईएन्, मलाई मात्र फसाईयो । यसरी निर्मलाले अझै पनि न्याय नपाउन सक्छिन्’ उनले भने ।

निर्मला प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै एसपी विष्ट, डिएसपी ज्ञान बहादुर सेठ्ठी, अनुसन्धान अधिकृत इन्सपेक्टर एकेन्द्र खड्का, असई रामसिंह धामी, सीआईबीका डिएसपी अंगुर जिसी लगायत ८ जना निलम्बनमा परेका थिए । उनीहरुमध्ये एसपी विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट हटाईसकिएको छ । भने बाँकीमाथि पनि अनुसन्धान भईरहेको नेपाल प्रहरीले जनाएको छ ।

Logo