काठमाडौं । सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणका गम्भीर लापरवाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी विष्ट र वडा प्रहरी कार्यालय प्रमुख रहेका भट्टलाई सेवाबाट अयोग्य हुनेगरी बर्खास्त गरेको हो । "/>

निर्मला पन्त हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट बर्खास्त

निर्मला पन्त हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट बर्खास्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणका गम्भीर लापरवाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी विष्ट र वडा प्रहरी कार्यालय प्रमुख रहेका भट्टलाई सेवाबाट अयोग्य हुनेगरी बर्खास्त गरेको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणका गम्भीर लापरवाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी विष्ट र वडा प्रहरी कार्यालय प्रमुख रहेका भट्टलाई सेवाबाट अयोग्य नहुनेगरी बर्खास्त गरेको हो । गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।

गत साउन १० गते साथीको घरमा होमवर्क गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा साउन ११ गते शव फेला परेको थियो । उक्त घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो ।

सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुबैले स्पष्टिकरणमा लापरवाही नभएको दाबी गरेका थिए ।

दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमापलीअनुसार दुबैलाई बर्खास्त गर्ने निर्णय गरेको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Logo