काठमाडौं । बलातकारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बित तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले दोस्रो स्पष्टिकरणको पत्र गृह मन्त्रालयमा बुझाएका छन् । "/>

एसपी बिष्ट र इन्स्पेक्टर भट्टले गृहलाई बुझाए दोस्रो स्पष्टिकरण, चित्त नबुझे बर्खास्त

एसपी बिष्ट र इन्स्पेक्टर भट्टले गृहलाई बुझाए दोस्रो स्पष्टिकरण, चित्त नबुझे बर्खास्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलातकारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बित तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले दोस्रो स्पष्टिकरणको पत्र गृह मन्त्रालयमा बुझाएका छन् ।

यसअघि बुधबार उनीहरुले पहिलो स्पष्टिकरण प्रहरी प्रधान कार्यालय मार्फत गृह मन्त्रालयमा बुझाएका थिए । बिहीबार दिउँसो एसपी बिष्ट र भट्टको स्पष्टिकरण पत्र मन्त्रालयमा बुझाएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

एआइजी धिरू बस्न्यातको नेतृत्वमा गठित समितिले बुझाएको घटनाको अनुसन्धान रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं बिदा अगाडि नै गृह मन्त्रालयलाई बिष्ट र भट्टको बर्खास्तिका लागि पत्र लेखेको थियो।

गृह सचिव नेतृत्व समितिले दुई पटकसम्म २४ घण्टे स्पष्टिकरण सोध्नुपर्छ। दुईपटक बुझाएको स्पष्टिकरणमा चित्त नबुझे गृह मन्त्रालयले एसपी बिष्ट र भट्टलाई बर्खास्त गर्न सक्नेछ । जुन अधिकार गृह सचिवलाई हुन्छ । उनले बुझाएको स्पष्टिकरणमा आफुहरुले निर्मला प्रकरणको अनुसन्धानमा कुनै लापरवाही नगरेको दावी गरेका छन् ।

निर्मला प्रकरणमा निलम्वित एसपी विष्टले गृहमा बुझाए यस्तो पत्र

 

Logo