अम्बादत्त तिवारी/कञ्चनपुर (उल्टाखाम) । चर्चित बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्टले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । "/>

निर्मला काण्डमा मुछिएका एसपी डिल्लीराज बिष्टकी श्रीमतीको यस्तो अपिल

निर्मला काण्डमा मुछिएका एसपी डिल्लीराज बिष्टकी श्रीमतीको यस्तो अपिल

केन्द्रबिन्दु
0
Shares

अम्बादत्त तिवारी/कञ्चनपुर (उल्टाखाम) । चर्चित बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्टले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै बर्खास्तको लागि गृहमन्त्रालयले पत्र लेखेपछि एसपी विष्टले स्पष्टीकरण बुझाएका हुन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा फेला परेको थियो । उक्त घटनामा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी विष्टले अनुसन्धानको क्रममा गम्भीर लापरवाही गरेको भन्दै गृह मन्त्रालयले तपाईलाई किन बर्खास्त नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । यो घटनामा एसपी विष्टसँगै वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख ईन्सपेक्टर जगदीश भट्टलाई पनि बर्खास्तको लागि स्पष्टीरण सोधिएको थियो ।

आफ्नो श्रीमानको जागीर नै धरापमा परेको भन्दै एसपी विष्टकी श्रीमती जानकी विष्टले आफ्नो श्रीमानलाई फसाउन राज्य नै लागेको बताएकी छन् । एसपी विष्टले सरकारलाई स्पष्टीकरणको जवाफ दिएकै दिन जानकीले एक अपिल जारी गर्दै श्रीमानलाई फसाउन प्रपञ्च गरिरहेको बताएकी हुन् । एपसी विष्टलाई बर्खास्तीका लागि सिफारिस गरेपछि उनले दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्यका आधारमा छानबिन गर्न माग गरेकी छन् ।

‘आज मेरो श्रीमानलाई राज्यले हल्लाकै भरमा तत्कालीन जिल्ला प्रहरी प्रमुख भएको निहुमा बर्खास्त गर्ने तयारी गरेको छ भन्ने कुरा सुनेकी छु, ‘जानकीले अपिलमा भनेकिछन्, ‘मेरो श्रीमानले न त आफै गएर प्रमाण नष्ट गरे न कसैलाई त्यसो गर्नको लागि दबाव दिए ।’

गलत नियत भएका केहि पत्रकार, महिला अधिकारकर्मी, गैरकानुनीरुपमा ब्यवसाय गर्ने व्यापारी र केही पुरानो रिसीबीका कारण आफ्नो श्रीमानलाई फसाउन खोजिएको उनको आरोप छ ।

उनले भनेकी छन्, ‘एसपी बिष्टलाई नै दोषी भनिरहेका छन् । के जिल्ला प्रमुख भएकै कारण आफ्नो मातहतका स्टाफबाट जानी वा नजानी भएका त्रुटीको कारण बर्खास्त गर्न मिल्छ र ? सोझो रुखलाई सबैले काट्न खोज्छ भनेको जस्तो गरि राज्यले मेरो श्रीमानलाई बिना कारण यस्तो सजाय दिन मिल्छ ? यदि मेरो श्रीमानले नियत बस प्रमाण नष्ट गरेको हो भने कसरी कहिले र कसद्वारा गरे वा गर्न लगाए त्यो कुरा स्पष्ट खुलाउनु पर्छ ।’

‘एसपी बिष्टको अग्रसरतामा वा आफ्नै हातबाट गल्ति भएको प्रमाणित भयो भने म पनि कारबाहीको माग गर्दै तपाईसँग सडकमा आउनेछु, होईन भने उहाँले न्याय पाउनै पर्छ’ जानकीले अपिलमा भनेकी छन्, ‘मलाई सबैले बिना गल्ती बलात्कारीको श्रीमती र आमा भनेर मानसिक पिडा दिईरहेका छन् ।’

समाजमा बस्न नमिल्ने बातावरण सिर्जना भएको छ । के मलाई स्वतन्त्र भएर बाँच्ने अधिकार छैन ? जानकीको प्रश्न छ । यदी मेरो श्रीमान र छोराको यसमा गल्ति भएको भए म आफै सजायको लागि पहल गर्छु । अपराधी कसैको आफन्त हुदैन तर बिना गल्ती मेरो परिवारकको चरित्र हत्या र मानसिक यातना खेप्नु परेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरि देशका जनतामा गलत, तथ्यहीन समाचार प्रेषण गरेर आफुहरु प्रति नकारात्मक सोचको सिर्जना गरेको उनको दुखेसो छ ।

‘हामीलाई जिउदै मार्ने प्रयास भइरहेको छ, ‘जानकीले अपिलमा भनेकी छन्, ‘के मलाई बाच्ने अधिकार छैन ? किन बिना गल्ति हामीलाई यो हालतमा पुर्‍याए ?’ उनले प्रश्न गरेकी छन् । जानकीले मानव अधिकार आयोग, उच्च स्तरिय छानबिन समितिप्रति समेत असन्तृष्टी व्यक्त गरेकी छिन् । ‘मानव अधिकारकर्मी र उच्च स्तरीय छानबिन समिति कञ्चनपुरमा आउनुभयो तर मलाई कसैले मानवको रुपमा हेरेनन्, उनको दुखेसो छ ।

‘मलाई र मेरो परिवारका सदस्यलाई किन सोधपुछ गरिएन ? के हामी आफ्नो पीडा भन्ने ठाउँ छैन ?’ आज म माथि विपत परेको छ । बिना गल्ति मेरो छोरामाथि पनि अनुसन्धान गरिएको छ । दुवै जना बुवा छोराको डिएनए परिक्षण समेत गरायो, तर पनि अनुसन्धानमा सहयोग हुन्छ भनेर सजिलैसँग हामीले अनुसन्धान गर्न दियौँ, ‘उनले अपिलमा भनेकी छन् ।

‘संसारमा कसैले भगवानको डर नमानी काम गर्लान तर पनि म त सुदूरपश्चिमकी महिला, हामीले भगवान प्रति पूर्ण आस्था र विश्वास राख्छौं र मलाई पुरा विश्ववास छ कि एक दिन मेरो श्रीमानले न्याय पाउनेछन् ।’ उनको अपिलमा उल्लेख गरिएको छ ।

आईजीपी खनाललाई प्रश्न ?
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसँग जानकीले श्रीमानलाई कारबाही गर्नुपूर्व आफु लगायत नेपाल प्रहरीका सत्तरी हजार भन्दा बढी श्रीमती तथा परिवारका अनुहार र पीडाका आँशु सम्झन समेत आग्रह गरेकी छिन् । जानकीले छोरा किरण विष्टलाई सानैदेखि फोटोग्राफ्रर बन्ने इच्छा रहेको बताउँदै उनले सुदूरपश्चिममा पार्यपर्यटन बढाउनको लागि भनेर विभिन्न ठाउँका फोटो तथा वृत तथा चित्र भिडियो बनाउनको लागि यहाँका विभिन्न नगरपालिकामा प्रस्थावना पेश गरेको उल्लेख गरिकी छिन् ।

छोरामाथि अनावश्यक आरोप लगाईयोः
‘फारवेष्ट मोडेल हण्ट’ कार्यक्रम गर्न फोटो सुटमा १० साउन छोरो व्यस्त थियो । तर उसलाई पनि निर्मला पन्तको बलात्कार र हत्याको झुटा आरोप लगाईयो जबकी उसले निर्मलालाई चिन्दैन । बिना प्रमाण विभिन्न पत्रकार एव अनलाईले मेरो छोराको चरित्र हत्या गरिराख्नु भएको छ र उसलाई मानसिक चरम यातना दिए, यहि कारण उसका सबै साथीले छोरासँग सम्बन्ध तोडेका छन् । छोरा किरणको शारीरिक, मानसिक, सामाजिक र व्यवसायिक रुपमा गम्भीर असर परिरहेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै मेरो परिवारप्रति नकारात्मक भावनाः
केही पत्रकारले मेरो परिवारलाई सामाजिक सञ्जालको दुरुपयोग गरी एकतर्फि झुठा समाचार प्रसारण गरिरहेका छन् । समाजमा मेरो परिवार प्रती नकारात्मक भावना उत्पन्न भएको छ । निष्पक्ष रुपमा सथ्यकुरा बुझेर समाचार प्रेशित गरिदिन समेत आग्रह गरेकी छिन् ।

‘सधै एउटा असल राष्ट्र सेवक भएर देश र जनताको सेवामा खटिए, न घर परिवारलाई समय दिन सके न त सम्पति नै कमाए, कमाएको इज्जत पनि सबै लिलाम भयो, ‘उनको अपिलमा उल्लेख गरिएको छ ।

‘हाम्रो परिवारलाई न्याय दिलाईदेउ ।’ हाम्रो ३० वर्षको वैवाहिक जीवन सुमधुर र सुखमय वित्यो, प्रहरीको अफिसर पदमा सेवा सुरु गरेदेखि आज एसपी हुँदासम्म उहाँबाट मैले कुनै महत्वाकांक्षी अपेक्षा नराखेको बताउदै जानकीले मेरा सन्तानलाई सदैब सामान्य र इमान्दार जीवन जिउन सिकाए ।

‘मेरो श्रीमान कञ्चनपुर सरुवा भएर आए देखि प्राय उहाँ तनाबमा हुनुहुन्थ्यो, ‘जानकीले अपिल पत्रमा उल्लेख गरेकी छिन्, ‘घरमा आएको बेला मैले किन तनाबमा हुनुहुन्छ भनेर सोध्दा, ‘मलाई केहि व्यक्तिगत स्वार्थ बोकेकाहरुले नियम विपरित काम गर्न दबाब दिने र केहि पत्रकारले आर्थिक डिमाण्ड गर्दथे ।’ म कसरी उनीहरुको भनेको मान्ने ? मैले नियम भन्दा बाहिर गएर सहयोग गर्न सक्दिन भन्दा तलाई ६ महिना भित्र बर्बाद गर्छु भन्छन’ भन्ने उत्तर दिनुहुन्थ्यो । मैले यस्तो धम्की दिदै गर्छन, हजुर आफ्नो काम सहि ढंगले गर्दै गर्नुस भनेर भन्थे तर नभन्दै तिनीहरुले मेरो श्रीमानलाई बर्बाद पारिदिए ।

‘निर्मला बलात्कार र हत्याकाण्ड हुनु भन्दा पहिला कञ्चनपुरमा लागु पदार्थ तस्करी, जुवातास र यौन व्यवसाय जस्ता विभिन्न गैरकानुनी कामहरुमाथि रोक लगाएको भन्ने पत्रपत्रिकामा आएको र स्थानीय रेडियोबाट सुनेकी थिए’ जानकीले अपिलमा उल्लेख गरेकी छिन् ।

‘यो कुरा मलाई भन्दा यस क्षेत्रका स्थानीय, समाजसेवी, पत्रकार तथा राजनीति दलका व्यक्तिहरुलाई थाहा होला, मेरो श्रीमान बिशुद्ध साकाहारी र धुम्रपान तथा मद्यपान नगर्ने अध्यात्मिक प्रकृतिको व्यक्ति हुनुहुन्छ, अहिले त कता कता मनमा आउँछ कि जाँड रक्सी खाने र भ्रष्टाचारी भएको भए सायद उनलाई सबैले साथ दिन्थे होला, बिसुद्ध राष्ट्र सेवक भएको कारणले अहिले उनी एक्लै पर्नुभयो ।’

Logo