काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको स्पष्टीकरणसहितको पत्र गृहमन्त्रालयमा पुगेको छ । "/>

निर्मला प्रकरणमा निलम्वित एसपी विष्टले गृहमा बुझाए यस्तो पत्र

निर्मला प्रकरणमा निलम्वित एसपी विष्टले गृहमा बुझाए यस्तो पत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको स्पष्टीकरणसहितको पत्र गृहमन्त्रालयमा पुगेको छ । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर भट्टलाई बर्खास्तको लागि गृह मन्त्रालयले पत्र लेखेको थियो।

प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उतमराज सुवेदीले जानकारी दिए। एसपी विष्टले बुझाएको स्पष्टीकरण पत्रमा निर्मला प्रकरणमा आफुले कुनै लापरवाही नगरेको दावी गरेका छन् ।

एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई विष्ट र भट्टको बर्खास्तको लागि पत्र लेखेको थियो।

प्रहरी निरीक्षक भट्टले सोमवार प्रहरी प्रधान कार्यालयबाट स्पष्टीकरण पत्र बुझेर मङ्गलवार नै स्पष्टीकरण दिएका थिए। तर एसपी विष्टले भने समय नभएको भन्दै मङ्गलवार मात्र स्पष्टीकरण पत्र बुझेका थिए । पत्र बुझेको २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने नियम अनुसार एसपी विष्टले बुधवार बिहान स्पष्टीकरण दिएका हुन् ।

स्पष्टीकरण चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने गृह मन्त्रालयको तयारी छ । यसको अधिकार गृह सचिवसँग हुन्छ। निर्मला प्रकरणमा अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै गृह मन्त्रालयले एसपी विष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो।

निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानबिन समितिले एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारवाहीको सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार उनी निलम्बनमा परेका थिए ।

 

Logo