काठमाडौं । काठमाडौं विश्वका उत्कृष्ट १० शहरहरुको सूचीमा पर्न सफल भएको छ । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको हो । "/>

विश्वमा घुम्नलायक उत्कृष्ट १० शहरमा काठमाडौं ५ औं स्थानमा

विश्वमा घुम्नलायक उत्कृष्ट १० शहरमा काठमाडौं ५ औं स्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं विश्वका उत्कृष्ट १० शहरहरुको सूचीमा पर्न सफल भएको छ । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको हो । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौं नम्बरमा अटाएको हो ।

काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई पछि पारेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन रहेको छ । त्यस्तै दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् ।

भूकम्पले तहसनहस बनेको काठमाडौं पुनर्निर्माणपछि पर्यटकहरुलाई स्वागत गर्न तम्तयार रहेको लोन्ली प्लानेटले जनाएको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।

लोन्ली प्लानेटले काठमाडौंलाई हर्न निषेध गरिएको, ऐतिहासिक क्षेत्रहरुमा गाडी प्रवेश गर्न बन्देज गरिएको, मध्यकालीन वास्तुकलाले सजिएको र रात्रि जीवन तथा खानाको लागि घुम्नलायक रहेको भनेर व्याख्या गरेको छ ।

 

Logo