वीरगञ्ज । आफ्नो बाबुसँग अबैध सम्बन्ध राख्ने एक महिलाको छोराले हत्या गरेका छन् । बाराको कलैया उपमहानगरपालिका १३ वलिरामपुरका २८ बर्षीय रबिन महतो धानुकले आफ्नो बाबुसँग यौन सम्बन्ध राखेको भन्दै ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेका हुन् । "/>

जब छोराले बाबुसँग यौन सम्बन्ध राख्ने महिलाको घाँटी रेटी हत्या गरे

जब छोराले बाबुसँग यौन सम्बन्ध राख्ने महिलाको घाँटी रेटी हत्या गरे

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज । आफ्नो बाबुसँग अबैध सम्बन्ध राख्ने एक महिलाको छोराले हत्या गरेका छन् । बाराको कलैया उपमहानगरपालिका १३ वलिरामपुरका २८ बर्षीय रबिन महतो धानुकले आफ्नो बाबुसँग यौन सम्बन्ध राखेको भन्दै ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेका हुन् । धोविनको हत्या गरेको आरोपमा धानुकलाई प्रहरीले पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा लुकी छिपी बसेको अवस्थामा रविनलाई प्रहरीले असोज २८ गते पक्राउ गरेको हो । मृतक सियापति र पक्राउ परेका रविन महतो धानुकको बाबु दशरथ महतो नुनियाबीच दुई दशकदेखि नै अनैतिक सम्बन्ध रहँदै आएको र जसका कारण दशरथको घरमा पारिवारिक विवाद हुने गरेको थियो ।

त्यसैको झोकमा रविनले सियापतिको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए । अनैतिक सम्बन्धका कारण गाउँमा बेइज्जत भएको र दुवैलाई सम्झाउँदा पनि भनेको नमानेपछि हत्या गरेको उनले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

असोज ६ गते दिउँसो सियापती धोबिन एक्लै खेतमा घाँस काटिरहेकी बेला खेतमा एक्लैदेखि रबिन र उनकी रु श्रीमतीले तत्काल हत्या गर्ने योजना बनाएका थिए । उनीहरु दुवै जना मिलेर सियापतीले नै खर काट्नको लागी लगेको हसियाको प्रयोग गरी घाटी रेटी हत्या गरेका थिए । महिला फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Logo