दशैं तपाई हाम्रो घरमा आईसकेको छ । आम नेपालहरुको महान चाड भएकाले प्राय नेपालीहरुले यो चाड निकै धुमधामसँग मनाउने गर्छन् । "/>

दशैंमा घर बाहिर जाँदै हुनुहुन्छ ? के तपाईको घर सुरक्षित छ ?

दशैंमा घर बाहिर जाँदै हुनुहुन्छ ? के तपाईको घर सुरक्षित छ ?

केन्द्रबिन्दु
0
Shares

दशैं तपाई हाम्रो घरमा आईसकेको छ । आम नेपालहरुको महान चाड भएकाले प्राय नेपालीहरुले यो चाड निकै धुमधामसँग मनाउने गर्छन् । तर दशैं तिहार अर्थात चाडपर्वको समयमा चोरी, डकैतीको घटना बढी हुने भएकाले मानिसहरुले ढुक्कसँग मनाउन पाउँदैनन् ।

यसबेला धेरैले पैसा घरमा राख्ने, सुन चाँदी जोहो गर्ने तथा अन्य सरसामग्री घरमा सञ्चय गर्ने भएकाले यही मौकामा चोरी गर्नेहरु सक्रिय हुन्छन् । भने कतिपयलाई आफ्नो जन्मथलो गएर दशैँ मनाउनुु पर्ने हुन्छ । आफ्नो घर या डेरा गरी बस्नेको भरमा घर छोडेर जानुपर्ने वाध्यताले गर्दा पनि यो समयमा घरमा कोही नभएको मौका छोपी चोरी गर्नेको संख्या बढी हुने गरेको पाइन्छ ।

त्यसमाथि दशैं तिहारमा सबैलाई हतारो हुन्छ । घरायसी सामाग्री किनमेल गर्नुपर्ने चटारो यही बेला हुन्छ । लुगाफाटोदेखि खाद्यन्नसम्म जोहो गर्नुपर्ने हुन्छ । कतिले यही अवसरमा सुन वा गरगहना खरिद गर्छन् । त्यसमाथि लामो यात्राको तयारी गरिरहेकाहरुलाई टिकटको व्यवस्थापन गर्नुपर्ने चटारो पनि हुन्छ । यसरी एकातिर घरमा धनसम्पति भित्र्याउने र अर्कोतिर दैनिकी चाहि भागदौडपूर्ण हुने भएकाले चोरहरुले यो मौकालाई उपयुक्त मान्ने गर्छन् ।

चोरी गर्नेहरु विभिन्न वाहनामा घरमा आउँछन् । ताल्चा फोरेरै चोरी गर्छन् । त्यसो त गरगहना वा पैसा बोकेर हिँडिरहेको बेला पनि चोरी डकैती हुने सम्भावना बढि हुन्छ । त्यसैले चाडपर्वको बेलामा चोरी डकैतीबाट बढी सर्तक हुनुपर्छ ।

१. धेरैजसोको वानी हुन्छ जुत्ता भित्र, डोर म्याटको मुनि, गमला भित्र घरको चाबी राख्ने । जुन गलत हो ।
२. धेरैजसो चोरहरु पछाडिबाट भित्र पस्ने कोसिस गर्छन् । घरको कम्पाउन्ड बनाउँदा अग्लो गरी बनाउने ।
३. अहिले विभिन्न किसिमका सुरक्षाका प्रविधिहरु छन्, त्यो अपनाउने ।
४. गरगहना लगाएर वा धेरै पैसा बोकेर एक्लो, दुक्लो बाटोमा नहिड्ने ।
५. घरको रंग रोगन वा सरसफाई गर्नका लागि कामदारलाई मात्र घरमा नछाड्ने ।
६. होम सेक्युरिटी सिस्टम जडान गर्ने ।
७. अपरिचित व्यक्ति घरमा प्रवेश गर्न नसक्ने किसिमको सुरक्षा व्यवस्था अपनाउन हुनुपर्छ ।
८. आवश्यकभन्दा बढी पैसा वा गरगहना घरमा नराख्ने
९. घरको झ्यालढोका बलियो राख्ने । ताल्चा बलियो लगाउने ।

 

Logo