काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको छ । दरबार संग्रहालयमा रहेको श्रीपेचलाई सोमबार विशेष कार्यक्रम गरी सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको हो । "/>

यस्तो छ राजमुकुट, सर्वसाधारणका लागि खुला

यस्तो छ राजमुकुट, सर्वसाधारणका लागि खुला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको छ । दरबार संग्रहालयमा रहेको श्रीपेचलाई सोमबार विशेष कार्यक्रम गरी सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच सार्वजनिक गरेका हुन् । कार्यक्रममा पर्यटन मन्त्री रवीन्द्र अधिकारी लगायतको पनि उपस्थिति थियो । श्रीपेचलाई राजसंस्थाको सबैभन्दा ठूलो प्रतिकका रुपमा लिने गरिन्छ । राजसंस्था अन्त्य भएसँगै संग्रहालयमा परिणत भएको नारायणहिटी दरबारमा रहेको श्रीपेचलाई सर्वसाधारणको अवलोकनका लागि राखिएको हो ।

नारायणहिटी दरबार हेर्न जाने जो कोहीले पनि अब श्रीपेचको अवलोकन गर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच हेर्न सकिने छ । २०२८ सालमा यो श्रीपेच पूर्वराजा विरेन्द्रका लागि तयार गरिएको थियो । प्रेमलाल श्रेष्ठले यसको निर्माणको जिम्मा लिएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो ।

Logo