गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको लु १ ज २१८१ नम्बरको जीप चन्द्रकोट गाउँपालिका–२, बिसुखर्कको गरगरेमा दुर्घटनामा परेको हो । "/>

जीप दुर्घटना हुँदा दशैं मनाउन घर गईरहेका दाजु भाईको मृत्यु

जीप दुर्घटना हुँदा दशैं मनाउन घर गईरहेका दाजु भाईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको लु १ ज २१८१ नम्बरको जीप चन्द्रकोट गाउँपालिका–२, बिसुखर्कको गरगरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर चन्द्रकोट गाउँपालिका-२ का ३५ वर्षीय लालबहादुर गुरुङ र ५२ वर्षीय भरत गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने दुवै जना दाजुभाई हुन ।जीपमा कसरी दुर्घटना भयो भन्ने कारण नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जीप भिरबाट २ सय मिटर तल खसेर टुक्रा टुक्रा भएको छ ।

जीपमा दुई जना भन्दा बढि जिपमा सवार नरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी रोशन खड्काले जानकारी दिए । दशै मनाउन घर फर्किरहेका दुवै जना जीप दुर्घटनामा परेका हुन् ।

 

Logo