हेटौंडा

आमाबुबाको काखका लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । "/>

१२ वर्षमै आमा : गाउँभरि बालविवाह वढ्दो !

१२ वर्षमै आमा : गाउँभरि बालविवाह वढ्दो !

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

आमाबुबाको काखका लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चञ्चल अनि साथीभाइसँग यताउती पुगेर रमाइलो गर्नु पर्ने र पढ्नु पर्ने उमेर । तर उनले भागेर बिहे गरेको ९ महिना भएको छ भने गर्भ रहेको ७ महिना । २०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग उनको भागी बिहे भएको हो ।

कक्षा–४ मा पढ्दै गरेकी गंगा चेपाङ र ३ कक्षामा पढ्दै गरेका उनका पतिको बिहेपछि पढाइ छुट्यो । गंगा राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे ।

मकवानपुरको अतिबिकट राक्सिराङ–३, औलेस्थित माइती आएको बेला गंगाले १२ वर्षमै गर्भवती भएको कुरा लुकाउन खोजिन् । उनले आफू १५ वर्ष पुगेको भन्दै ढाँट्न खोजे पनि उनी पक्रिइन् । उनकी आमा राममायाले भन्नुभयो–२०६३ सालमा जन्मेकी हो यो ।

मामाघर जाँदा चिनजान भएका केटासँग ‘मन मिलेपछि’ तत्काल बिहे गर्ने सोच बनाए । चिनजान र मन परापर भएको २ महिना नबित्दै बिहे गरेकी गंगालाई आफूसँगैका साथी खेल्ने र रमाइलो गर्ने गरिरहँदा उनी भने ठूलो पेट लिएर लाज मानेर बस्नु परेको छ । उनले ‘बिहेवारि बीस वर्षपारि’ भन्ने नारालाई चुनौती दिएकी छिन् ।

गाउँमा १२ वर्ष उमेरमै गर्भवती भएको घटना आफूले पहिलोपटक पाएको सरिखेत स्वास्थ्य चौकीकी अनमी सन्तोषी अधिकारीले बताउनुभयो । बालविवाह र प्रजनन् स्वास्थ्य समस्या बिकराल रहेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँमा अभियानकै रुपमा बाल विवाहविरुद्ध कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

यो त एक प्रतिनिधिमूलक घटना मात्र हो । मकवानपुरमा २० वर्ष भन्दा कम उमेरका किशोरी गर्भवती हुने क्रम बढ्दो देखिएको छ । हेटौंडा अस्पतालमा सुत्केरी गराएका महिलाको तथ्यांकले यस्तो देखाएको हो ।

हेटौंडा अस्पतालको तथ्यांक अनुसार पुसमा २० वर्षमुनिका २६ किशोरी आमा बन्दा माघमा २० जना किशोरी आमा बने । किशोरी आमाहरु अधिकांश जनजाति समुदायको रहेको हेटौंडा अस्पतालले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo