बारा

घर बाहिर खेलिरहेको अवस्थामा ५ दिन पहिला अपहरण परेका बालकको हत्या भएको छ । असोज २४ गते बेलुका अपहरणकारीले सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण गरी हत्या गरेका बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । "/>

पैसा सापटी माग्दा नदिएपछि बालकको अपहरण गरी हत्या

पैसा सापटी माग्दा नदिएपछि बालकको अपहरण गरी हत्या

केन्द्रबिन्दु
0
Shares

बारा

घर बाहिर खेलिरहेको अवस्थामा ५ दिन पहिला अपहरण परेका बालकको हत्या भएको छ । असोज २४ गते बेलुका अपहरणकारीले सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण गरी हत्या गरेका बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक रन्जित सिँह राठौरले दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरी हत्या गरेर शवलाई गाउँ नजिकैको झाडीमा फालेको अनुसन्धानबाट खुल्न आएको बताए । उनका अनुसार बालकको हत्यामा संलग्न रहेको आरोपमा असोज २७ गते नयका टोलका दुई युवक हरेन्द्र कुश्वाहा र श्यामसुन्दर बैठालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका कुश्वाहाले मृतक बालकको बुवा धनेश्वरसँग केही दिन पहिला दुई लाख रुपैयाँ सापटी मागेको र उनले सापटी रकम दिन नमानेपछि अर्को साथी बैठाको सहयोगमा छोराको अपहरण गरी हत्या गरेको घटनाको अनुसन्धानमा संलग्न ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्केका धनेश्वरसँग सापटी माग्दा नदिएपछि आवेशमा बालकको हत्या गरेको खुलेको छ ।

‘बालक अपहराणमा परेको जानकारी हुन आएपछि त्यसको अनुसन्धान भईरहेको क्रममै अपहरणकारीले बालकका बुबा धनेश्वरसँग नेपाली नम्बरको मोबाइलबाट फोन गरी १० लाख फिरौती मागेका’, प्रहरी निरीक्षक धमलाले भने, ‘रकम माग गरिएको मोबाइल नम्बरलाई ट्रेस गर्दा उक्त सीम हरेन्द्र कुश्वाहाबाट बरामद भयो ।’
नागरिकबाट

Logo