काठमाडौं । नेपाली सेनाले यस वर्षको विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक २ गते शुक्रबार पर्ने टीकाको दिन काठमााडैं उपत्यकाका ८ वटा रुटमा निःशुल्क बस चलाइने सेनाले जनाएको छ । "/>

दशैको दिन सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

दशैको दिन सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली सेनाले यस वर्षको विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक २ गते शुक्रबार पर्ने टीकाको दिन काठमााडैं उपत्यकाका ८ वटा रुटमा निःशुल्क बस चलाइने सेनाले जनाएको छ ।

८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो तीन बजे भद्रकालीबाट ३० सिट क्षमताका १–१ वटा बस छुट्ने सेनाले जनाएको छ । यसैगरी सेनाले दसैंमा घर बिदामा जाने सेना तथा तिनका परिवारका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । असोज २५ गतेबाट सुरु भएको सेवा ३१ गतेसम्म चल्नेछ । 

रुट नं. १— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क । 
रुट नं. २— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर । 
रुट नं. ३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
रुट नं. ४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
रुट नं. ५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट । 
रुट नं. ६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 
रुट नं. ७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
रुट नं. ८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 

Logo