सुर्खेत । सुर्खेतमा प्रहरी इन्सपेक्टर १५ हजार घुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ घुससहित पक्राउ परेका हुन् । "/>

चोरलाई छुटाउन सहयोग गर्ने प्रहरी इन्सपेक्टर १५ हजार घुससहित पक्राउ

चोरलाई छुटाउन सहयोग गर्ने प्रहरी इन्सपेक्टर १५ हजार घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

सुर्खेत । सुर्खेतमा प्रहरी इन्सपेक्टर १५ हजार घुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले इन्सपेक्टर श्रेष्ठसहित जवान तिलक लामिछानेलाई पनि नियन्त्रणमा लिएको छ ।

इन्सपेक्टर श्रेष्ठ र जवान लामिछानेले पञ्चपुरी नगरपालिकाको वडा नं. २ को सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारको टोलीले नियन्त्रणमा लिए ।

सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजिकरण गरी छोडिदिने सर्तमा सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ ।

Logo