धनुषा । धनुषाको औरहि-२ परवाहामा एक १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या गर्ने विनोद मुखिया र नधुनि पण्डितलाई प्रहरीले सार्वजनिक गरेको हो । "/>

१० वर्षीया बालिकाका हत्यारा भन्छन्, ‘बाँच्ने डरले पुनः मुख माटोमा कोचेर गाडे’

१० वर्षीया बालिकाका हत्यारा भन्छन्, ‘बाँच्ने डरले पुनः मुख माटोमा कोचेर गाडे’

केन्द्रबिन्दु
0
Shares

धनुषा । धनुषाको औरहि-२ परवाहामा एक १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या गर्ने विनोद मुखिया र नधुनि पण्डितलाई प्रहरीले सार्वजनिक गरेको हो ।

आरोपीहरु नातामा बालिकाको काका पर्छन् । उनीहरुले बालिकालाई चाउचाउ र १० रुपैयाँ दिएर दुवैले बलात्कार गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

मदिरा सेवन गरी मेला हेर्न आएकी बालिकामाथि बलात्कार गरेका हुन् । बलात्कारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बलात्कारकै क्रममा बालिकाको मृत्यु भएपछि उनीहरुले धान खेतमा गाडेको प्रहरी उपरीक्षक थपलियाले बताए । पछि बाँच्ने डरले पुनः मुख माटोमा कोचेर गाडेको उनीहरुले प्रारम्भिक बयानमा दिएका छन् ।

आरोपित दुवैले बलात्कार गरेको स्वीकार गरेका छन् । आरोपित दुवैजनालाई कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दा चलाइएको छ । यसअघि कञ्चनपुरमा गत साउन ११ गते १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको थियो । जुन घटना अहिलेसम्म पनि चर्चामा छ । त्यो घटनामा संलग्न रहेकाहरु अझै पक्राउ पर्न सकेका छैनन् ।

यसरी भयो घटनाः
देउरी परवाहाको कप्टौल जाने बाटोमा दशैंमा दुर्गाको प्रतिमा हेर्न गएकी बालिकालाई फकाई फुल्याई लगे । शुक्रबार राति ९ बजेको समयमा बालिकाको घरअगाडि लागेको मेला हेर्न निस्किएकी बालिकालाई चक्लेट किनिदिने भनेर फकाई फुल्याई गरे । बलात्कार गरेर हत्या गरेपछि शवलाई गाउँकै श्रीराम साहको खेतमा गाडे ।

Logo