जनकपुरधाम । धनुषामा एक १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । औरही गाउँपालिका-१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो । "/>

धनुषामा मेला हेर्न गएकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या

धनुषामा मेला हेर्न गएकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । धनुषामा एक १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । औरही गाउँपालिका-१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो । हत्या गरेको आशंकामा दुई जना पक्राउ परेका छन् ।

घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी १० वर्षीया बालिका मुनिषाकुमारी यादवको बलात्कारपछि हत्या गरिएको हो । उनी मेला हेर्न गएकी बेला शुक्रबार साँझ हराएकी थिइन् । आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही-२ का रामआशिष साहको धानखेतमा मृत अवस्थामा फेला परेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले पैसा दिएर फकाउँदै बालिकाको बलात्कार गरेका थिए । उनको बयानका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् । दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।

Logo