सल्यान । एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । शारदा नगरपालिका–८, मार्केको सिमखर्कमा ५५ वर्षीया केवली सुनारको आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटी रेटेर हत्या गरिएको हो । "/>

महिलाको सुतिरहेकै अवस्थामा घाँटी रेटेर हत्या गरियो

महिलाको सुतिरहेकै अवस्थामा घाँटी रेटेर हत्या गरियो

केन्द्रबिन्दु
0
Shares

सल्यान । एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । शारदा नगरपालिका–८, मार्केको सिमखर्कमा ५५ वर्षीया केवली सुनारको आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटी रेटेर हत्या गरिएको हो । बिहीबार राति धारिलो हतियार ‘छुरी’ को प्रयोगले घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

श्रीमानको मृत्यु पश्चात उनी लामो समयदेखि छोराहरुसँग भारतमा बस्दै आएकी थिईन् । दसैँ मनाउन भनेर चार दिनअघि मात्र उनी घर फर्किएकी थिइन् । घटना कसले र किन गराएको भन्नेबारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर प्रयोग गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार सुनारको घाँटीमै भेटिएको छ ।

Logo