कृष्णसिंह धामी । निर्मला पन्त काण्डमा प्रहरीले अर्को झुट बोलेको फेला परेको छ । बलात्कारपछि हत्या गरिकएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको डिएनए परीक्षण प्रकरणमा प्रहरीले सबैलाई झुक्काएको फेला परेको हो । "/>

नाष्ट प्रमुख झा भन्छन्, ‘निर्मला काण्डको डिएनए परीक्षणमा प्रहरीले झुक्कायो’

नाष्ट प्रमुख झा भन्छन्, ‘निर्मला काण्डको डिएनए परीक्षणमा प्रहरीले झुक्कायो’

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी । निर्मला पन्त काण्डमा प्रहरीले अर्को झुट बोलेको फेला परेको छ । बलात्कारपछि हत्या गरिकएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको डिएनए परीक्षण प्रकरणमा प्रहरीले सबैलाई झुक्काएको फेला परेको हो । एसपी डिल्लीराज विष्टसहित चार जनाको डिएनए निर्मला पन्तको ‘भजाइनल स्वाब’ मा भेटिएको डिएनएसँग मिलेन भन्ने निष्कर्ष प्रहरी आफैंले निकालेको हो ।

केन्द्रीय विधिविज्ञान प्रयोगशाला (नास्ट) ले एसपी डिल्लीराज, उनका छोरा किरण र मेयरका भतिज आयुशको मात्रै डिएनए परीक्षण गरेको हो । प्रहरीले निर्मलाको योनीमा भेटिएको भजाइनल स्वाब परीक्षणको लागि आफुहरु कहाँ नआएको नाष्टका प्रमुख वैज्ञानिक अधिकृत दिनेश कुमार झाले जानकारी दिए ।

यसअघि प्रहरीले एक विज्ञप्ती जारी गर्दै तिनै जनाको नाष्ट र प्रहरीको ल्याबमा डिएनए परीक्षण गरिएको जनाएको थियो । तर उक्त विज्ञप्तीमा निर्मलाको भजाइनल स्वाबको बारेमा केही उल्लेख गरिएको थिएन् । जसले गर्दा प्रहरीले आम जनमानसलाई झुक्काउन यस्तो गरेको देखिन्छ ।

सामान्यता शंकास्पद व्यक्तिको डिएनए र अपराध भएको ठाँउमा संकलन भएका दुवै डिएनए जाँच र अन्तिम निष्कर्षका लागि नास्ट पठाउने गरिन्छ । नास्टले दुबै डिएनएको परीक्षण गरेर मिले–नमिलेको निष्कर्ष सहितको प्रतिवेदन तयार गर्ने गर्छ । निर्मला बलात्कार तथा हत्या प्रकरणमा भने नेपाल प्रहरीले विष्ट लगायत चार जनाको डिएनए मात्र परीक्षणका लागि नास्ट पठायो । तर निर्मलाको भजाइनल स्वाबको नमूना भने पठाएन । नास्टले चार जनाको डिएनए प्रोफाइल तयार पारेर प्रहरीलाई पठाएपछि उसले दुई डिएनए नमिलेको निष्कर्ष आफैं निकाल्यो ।

नास्टका प्रमुख वैज्ञानिक अधिकृत झाले निर्मलाको भजाइनल स्वाबको नमूना प्रहरीले आफूहरुकहाँ नपठाएको बताए । ‘आरोपी भनिएका दिलिप विष्ट लगायत चारै जनाको डिएनए परीक्षण गरिदिनु भन्ने पत्र प्रहरीले हामीलाई पठाएको थियो । निर्मलाको भजाइनल स्वाबको नमूना भने हामीकहाँ पठाएको थिएन,’ झाले भने ।

एक पक्षको डिएनएको मात्र नमूना नास्टसँग भएपछि अर्कोसँग त्यो मिले–नमिलेको निष्कर्ष आफूहरुले निकाल्ने कुरै नहुने उनको भनाई छ । अरु घटनामा भने दुवैखाले डिएनएको नमूना परीक्षणका लागि प्रहरीले आफूहरुकहाँ पठाउने गरेको पनि उनले पुष्टि गरे । ‘यो घटनामा प्रहरीले सबैलाई झुक्याउन खोजेको देखिन्छ । अरु सबै घटनामा दुवैको डिएनए परीक्षण गर्नको लागि पठाईन्थ्यो तर यो घटनामा एउटाको मात्र पठाएको हो’ उनले भने ।

नेपाल प्रहरी प्रवक्ता शैलेश थापाले निर्मलाको स्वाब परीक्षणका लागि नास्ट नपठाएको स्वीकार गरेका छन् । त्यो स्वाब सुरुमै प्रहरीले आफ्नै प्रयोगशालामा परीक्षण गरेको र स्वाबको नमूना थोरै भएकाले नास्ट पठाउने नसकेको उनले बताए ।

‘प्रहरीको विधिविज्ञान प्रयोगशालाको डिएनए परीक्षणलाई अदालतले पनि मान्यता दिँदै आएको छ,’ उनले भने ‘निर्मलाको स्वाब निकै थोरै भएकाले दोर्होयाएर अन्त परीक्षण गर्न पठाउन सकेनौं ।’

प्रहरीले यो घटनामा सुरुदेखि नै गम्भीर लापरवाही गरेको देखिन्छ । निर्मलाको योनीमा भेटिएको भजाइनल स्वाव नै सुरुमा थोरै मात्र संकलन गरेकाले नाष्टलाई पठाउन नसकिएको प्रवक्ता थापाको भनाई छ । ‘पहिलो पटकको परीक्षण गर्दा स्वाब खर्च भयो । सुरूमै यो विषय यति ठूलो होला र सिंगो प्रहरी प्रशासन माथि नै प्रश्न उठ्ला भन्ने थिएन । नत्र निर्मलाको स्वाब नास्ट पठाउँथ्यौं ।’ प्रवक्ता थापाले भने ।

सरकारले सार्वजनिक गरेको छानविन प्रतिवेदनमा योनीबाट निकालिएको स्वाबमा विर्य रहे–नरहेकोमा शंका व्यक्त गरिएको बेला उक्त घटनाले थप आशंका पैदा गरेको छ ।

Logo