काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको भजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । "/>

निर्मलाको भजाइनल स्वाब सुरक्षित राख्न प्रहरीलाई आयोगको निर्देशन

निर्मलाको भजाइनल स्वाब सुरक्षित राख्न प्रहरीलाई आयोगको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको भजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाबाट संकलन गरिएको भजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।

आयोगले बिहीबार डीएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे कानूनी चिकित्सा विज्ञ र डीएनए विज्ञहरु छलफल गरेको थियो । त्यसक्रममा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए टेष्ट शंकास्पद देखिएको छ ।

भजाइनल स्वाब संकलन सही तर परिक्षणमा केही विधि नपुगेका पाइएको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए । डीएनए टेष्टमा केही आशंका लागेकाले थप परीक्षण गर्नुपर्ने निश्कर्ष निकाल्दै सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिईएको बताए ।

मानवअधिकार आयोगले निर्मलाको शवबाट संकलित भजाइनल स्वाबको नमूना र त्यसबाट पृथकीकरण डीएनए लगायतका सबूतहरु जेजस्तो अवस्थामा छन्, त्यही रुपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

साथै निर्मलाको शवबाट भजाइनल स्वाबको नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरेको छ ।

Logo