बुटवल । रुपन्देहीमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । चरंगेमा किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालई पक्राउ गरेको छ । "/>

जंगलमा लगेर एक किशोरीमाथि सामुहिक बलात्कार

जंगलमा लगेर एक किशोरीमाथि सामुहिक बलात्कार

केन्द्रबिन्दु
0
Shares

बुटवल । रुपन्देहीमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । चरंगेमा किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालई पक्राउ गरेको छ । ति किशोरीमाथि बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर सामुहिक बलात्कार गरिएको थियो ।

पिडित किशोरीले प्रहरीमा दिएको जाहेरीको आधारमा देवदह नगरपालिका १० का ३५ वर्षीय उदय थापा र वुटवल उपमहानगरपालिका ७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको छ । घटनामा अन्यको पनि संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उनीहरुले बलात्कार गरेको स्वीकार गरेका छन् ।

 

Logo