काठमाडौं । यतिबेला दशैको माहोल सुरु भईसकेको छ । दशैको रौनकले गाउँघरतिर नयाँ उमंग छाएको छ । परदेशिएका आफन्तहरु घर फर्किने क्रम जारी छ । "/>

राजेश हमाल भन्छन्, ‘दक्षिणा कै लागि दशैमा टिका लगाइन्थ्यो’ (भिडियोमा)

राजेश हमाल भन्छन्, ‘दक्षिणा कै लागि दशैमा टिका लगाइन्थ्यो’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला दशैको माहोल सुरु भईसकेको छ । दशैको रौनकले गाउँघरतिर नयाँ उमंग छाएको छ । परदेशिएका आफन्तहरु घर फर्किने क्रम जारी छ । दशैले सबैलाई छाएको छ । सधैजसो कलाको माध्यमबाट अरुलाई मनोरञ्जन प्रदान गर्ने कलाकारले पनि दशैलाई विशेष तरिकाले मनाईरहेका छन् ।

महानायक राजेश हमाल पनि आफ्नो विगतको दशैलाई सम्झिरहन्छन् । उनी भन्छन्, दशैं आँउदा वातावरणको माहोल नै छुट्टै किसिमको हुन्छ । त्यसले गर्दा सम्झिदा पनि रमाइलो लाग्छ ।

हमाल आफ्नो विगत सम्झिदै भन्छन्, ‘बुवा–आमाले मलाई दशैंकै लागि भनेर एउटा विशेष कपडा किनिदिनु हुन्थ्यो । त्यो कपडा एकै चोटी दशैंको दिन मात्र साथी भाईहरुलाई देखाइन्थ्यो । त्यसमा छुट्टै किसिमको मज्जा हुन्थ्यो । बच्चामा दक्षिणा कै लागि टिका लगाउने र टाढाको आफन्तकोमा पनि जाने गरेका थियौं । यो पालीको दशैं चाँही नेपाल मै मनाउँछु ।’ 

 

 

Logo