बझाङ । बुगंल दुर्घटनाका २ जना घाइतेहरुलाई काठमाडौं लगिएको छ । बुंगल नगरपालिकाको ५ मिणिबगरमा भएको जिप दुर्घटनामा घाइते रण बहादुर खाती र ममता बोहरालाई काठमाडौं लगिएको हो । "/>

बझाङ बुगंल जीप दुर्घटनाका २ घाइतेलाई काठमाडौं लगियो

बझाङ बुगंल जीप दुर्घटनाका २ घाइतेलाई काठमाडौं लगियो

केन्द्रबिन्दु
0
Shares

बझाङ । बुगंल दुर्घटनाका २ जना घाइतेहरुलाई काठमाडौं लगिएको छ । बुंगल नगरपालिकाको ५ मिणिबगरमा भएको जिप दुर्घटनामा घाइते रण बहादुर खाती र ममता बोहरालाई काठमाडौं लगिएको हो । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ ।

उनीहरु दुवैजना खतरामुक्त रहेको जनाईएको छ । केदारस्युँ गाउँपालिकाको बागथलाबाट बुङ्गल नगरपालिकाको विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा मर्नेको संख्या ३ पुगेको छ ।

कञ्चनपुर बेदकोट नगरपालिका ५ का ३५ वर्षीय प्रेम बोहराको उपचारको क्रममा देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । यसअघि कञ्चनपुर वेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीय विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीया धनबहादुर बोहराको घटनास्थलमा नै मृत्यु भएको थियो ।

तस्बिरः एकेन्द्र कुँवर

Logo