काठमाडौं । बाघको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नेपाली सेनाका दुई जवानसहित चार जना रहेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो । "/>

सेनाको जवान बाघको छाला तस्करीमा, चार जना पक्राउ

सेनाको जवान बाघको छाला तस्करीमा, चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बाघको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नेपाली सेनाका दुई जवानसहित चार जना रहेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा स्थायी घर भइ हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास निर्माण बाहिनीमा कार्यरत जवान गोरखाका सलिम मिया, कपिलवस्तुका राजन थापा र अर्घाखाँचीका मानबहादुर नेपाली पक्राउ परेका हुन् ।

कपिलवस्तुबाट काठामाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरु सोमबार राति थानकोटस्थित नागढुंगाबाट पक्राउ परेका हुन् । उनीहरुले काठमाडौंमै उक्त छाला ७६ लाख रुपैयाँमा बिक्रीको तयारी गरेका थिए ।

Logo