बझाङ । जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । बुङ्गल नगरपालिकाको ठिमीबगर भन्ने ठाउँमा से १ ज ७२६ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो । "/>

बझाङमा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

बझाङमा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

बझाङ । जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । बुङ्गल नगरपालिकाको ठिमीबगर भन्ने ठाउँमा से १ ज ७२६ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो ।

बागथलाबाट बिजगडा जाँदै जीपमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा परी कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले जानकारी दिए ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुको उद्धार गरेर उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

Logo