काठमाडौं । चर्चित निर्मला पन्त हत्या प्रकरणमा नयाँ नयाँ तथ्यहरु खुल्दै गएको छ । सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै यो घटना थप रहस्यमय बनेको हो । "/>

निर्मलाको योनीमा वीर्य नै थिएन, प्रहरीले परीक्षणको लागि कसको वीर्य पठायो ?

निर्मलाको योनीमा वीर्य नै थिएन, प्रहरीले परीक्षणको लागि कसको वीर्य पठायो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित निर्मला पन्त हत्या प्रकरणमा नयाँ नयाँ तथ्यहरु खुल्दै गएको छ । सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै यो घटना थप रहस्यमय बनेको हो ।

गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिईन् ।

सोही घटनाको अनुसन्धानन गर्न सरकारले गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यी समिति गठन गरेको थियो । समितिले सरकारलाई बुझाएको प्रतिवेदन आईतबारमात्रै सार्वजनिक गरिएको हो । प्रतिवेदनले प्रहरीलाई गम्भीर दोष लगाएको छ । वास्तविक दोषीलाई उन्मुक्ति दिन प्रहरीले सबै प्रमाणहरु नष्ट गरेको समितिको निष्कर्ष छ ।

प्रहरीले मुख्य दोषी मानेर अनुसन्धान गरेको दिलिप विष्ट अन्तिममा आएर निर्दोष सावित भए । डिएनएस परीक्षण रिपोर्टमा म्याच नखाएपछि उनी रिहा भएका हुन् । यसै घटनामा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्टको पनि डिएनए परीक्षण गरिएको थियो । जुन उनीहरुको डिएनए पनि म्याच आएन् । तर प्रहरीले यो विषयमा गम्भीर लापरवाही गरेको पुष्टि भएको छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा निर्मलाको यौनाङ्गको स्वाब लिँदा यौनाङ्गमा विर्य नदेखिएको उल्लेख गरिएको छ । बलात्कार कसले गरेको भन्ने विषयलाई पत्ता लगाउन महत्वपूर्ण मानिने प्रमाण यौनाङ्गमा विर्य नै नभेटिएपछि अहिलेसम्म गरिएको डिएनए परीक्षणमाथि नै प्रश्न चिन्ह खडा भएको छ । निर्मलाको भजाइनल स्वावमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको हो । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको छ ।

प्रतिवेदनमा लेखिएको छ, ‘महाकाली अञ्चल अस्पतालमा १३ साउनको शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।’

दिलिपलाई सौचालयमै हस्तमैथुन गर्न लगाईएकोः

प्रहरीले दिलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, विष्टलाई दोषी प्रमाणित गर्न प्रहरीले नमुना परिर्वतन गराएको पाइएको छ । विष्टले शौचालयमा हस्तमैथुन गरेको र हातमा विर्य लगाएर आएको प्रहरी नायव निरीक्षक हरसिंह धामीले बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसपछि विष्टबाट बरामद भएको नयाँ नमुना प्रयोगशालामा पठाएको छानविन समितिको ठहर छ । ‘प्रयोगशालामा पठाइसकेको नमुना किन परिर्वतन गर्नु पर्‍यो ?’, ‘मुचुल्कामा उल्लेख भएको नमुना हेरफेर गरेर अपराधी लुकाउन खोजिएको समितिको ठहर छ ।

Logo