काठमाडौं । निर्मला पन्त काण्डमा मुछिएका एसपीका छोराले पार्टी दिएको भनिएको होटल ओपेराको सिसि क्यामेरा रिकभर हुन सकेन् । निर्मला काण्डमा एसपी डिल्लीराज विष्टका छोरा किरणको बर्थ डेमा पार्टी दिईएको भनिएको होटल ओपेराको सिसि क्यामेराको फुटेज रिकभर नभएको हो । "/>

निर्मला हत्याकाण्डः महत्वपूर्ण प्रमाण होटेल ओपेराको सिसि क्यामेरा फुटेज रिकभर भएन

निर्मला हत्याकाण्डः महत्वपूर्ण प्रमाण होटेल ओपेराको सिसि क्यामेरा फुटेज रिकभर भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्त काण्डमा मुछिएका एसपीका छोराले पार्टी दिएको भनिएको होटल ओपेराको सिसि क्यामेरा रिकभर हुन सकेन् । निर्मला काण्डमा एसपी डिल्लीराज विष्टका छोरा किरणको बर्थ डेमा पार्टी दिईएको भनिएको होटल ओपेराको सिसि क्यामेराको फुटेज रिकभर नभएको हो ।

घटनामा प्रमाणको खोजीमा जुटिरहेको प्रहरीले सिसिटिभी क्यामेराबाट केही ‘क्ल्यु’ पाउन सक्ने आशा राखेको थियो । तर सिसिटिभी क्यामेराको हार्डडिस्क ‘रिकभर’ नभएपछि यो प्रयास पनि असफल हुन पुगेको हो ।

भीमदत्त नगरपालिका अन्तर्गत घटनास्थल र शंकास्पद गएको होटल ओपेरा वरपर राखिएका १७ वटा क्यामरामध्ये केही फुटाइएको, केही बन्द भएको देखिएको भन्दै स्थानीय आक्रोशित बनेपछि प्रहरीको ध्यान सिसिटिभीतिर जान बाध्य गएको थियो। तर जतिबेला प्रहरीको ध्यान सिसिटिभीतिर गयो, त्यतिबेलासम्म त्यसले खिचेका दृश्य हार्डडिस्कबाट मेटिइसकेका थिए।

मेटिइसके पनि पुराना दृश्य रिकभर गर्न सकिने झिनो आशा बाँकी थियो। त्यसैले प्रहरी प्रधान कार्यालयले कञ्चनपुरबाट हार्ड डिस्क मगायो। तर प्रहरी स्रोतका अनुसार हार्ड डिस्क रिकभर गर्ने प्रयास असफल भएको छ।

हार्ड डिस्क रिकभर नभएको कञ्चपनुर जिल्लाका प्रहरी प्रमुख एसपी कुबेरबहादुर कठायतले जानकारी दिए । हार्ड डिस्क रिकभर गर्न विदेशबाट एक्सपर्ट टिम मगाइएको थियो। यो टिमले समेत रिकभर गर्न नसकेको प्रहरीले जनाएको छ ।

 

Logo