कृष्णसिंह धामी ।

घटना १ः

‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ २०७४ पुसमा आफ्नै बाबुबाट बलात्कृत युवती भक्कानिँदै आफ्नो मनको भाव पोख्दै थिईन् । "/>

रगतकै नाताभित्र बलात्कार, कतातिर जादैंछ समाज

रगतकै नाताभित्र बलात्कार, कतातिर जादैंछ समाज

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी ।

घटना १ः

‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ २०७४ पुसमा आफ्नै बाबुबाट बलात्कृत युवती भक्कानिँदै आफ्नो मनको भाव पोख्दै थिईन् ।

आमा पोईल गएपछि कर्म नै खोटो भएकी १७ वर्षीया पार्वती (नाम परिवर्तन) को तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी झण्डै दुईवर्षदेखि आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी थिईन् । अन्ततः कान्छी आमाको सहयोगमा उनले बाबुको कर्तुत प्रहरी सामू ल्याईन् । प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको थियो ।

घटना २ः

गत साउनमा ताप्लेजुङको आठराई गाउँपालिका ३ मा एक ५० कटेकी महिला आफ्नै नातीबाट बलात्कृत भईन् । मानसिक सन्तुलन ठिक नभएकी ५० वर्षीया हजुरआमा १७ बर्षका आफ्नै नातिबाट बलात्कृत भएकी हुन् । २०७५ साउन १९ गते दिउसो १२ बजेको समयमा जबरजस्ती बलत्कार गरेका थिए ।

घटना ३ः

धरानमा गत साउनमा पनि आफ्नै मामाबाट भाञ्जी बलात्कृत भईन् । साउने टोलमा आफ्नै मामाले आफ्नै १७ वर्षीया भाञ्जीमाथि बलात्कार गरे । ती किशोरीलाई आफ्नै मामा झमकबहादुर बस्नेतले गत फागुनमा बलात्कार गरेका थिए । बिहानै कलेज जाने उनी कलेज जानै छोडेपछि मात्र परिवारले घटनाबारे थाहा पाएको थियो ।

घटना ४ः

यस्तै, आफ्नै बुहारी बलात्कार गरेको आरोपमा पर्साको निर्मलवस्ती गाविसका ५० वर्षिय पदमबहादुर स्याङ्तान पक्राउ परे । पदमका जेठा छोरा रोजगारीका सिलसिलामा मलेशियामा रहेका बेला २४ वर्षिया बुहारीलाई पटकपटक यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेको थियो ।

माथि उल्लेखित घटना त प्रतिनिधि पात्र हुन् । तर आजभोली तपाई हामीले सुन्दै आएको बलात्कारजन्य घटनामा आफ्नो नै संलग्न छन् । दिनप्रति दिन घटिरहने बलात्कारका घटनामा आफ्ना नै संलग्न रहेका घटना बढी छन् । मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटना भयावह छन् । जसका विरोध र अनुसन्धानका पाटामा सुरक्षा संयन्त्रसहित सरकारलाई चुनौतिका आवाज उठ्न थालेका छन् ।

बलात्कार आफैंमा अपराधको चरम रूप हो । पात्र र प्रवित्ति अनि सम्बन्धका आधार फरक–फरक छन् । बलात्कारको एउटा सूक्ष्म पाटो हो– हाडनाता करणी । बाबुद्वारा छोरी, दाजुद्वारा बहिनी, ससुराद्वारा बुहारी बलात्कार भन्ने शीर्षकमा आउने समाचार दिनदिनै आउने गरेका छन् ।

अर्कातिर हाडनाता सम्बन्ध पनि हुन्छ । जसरी बलात्कारका सवाल आउँछन् त्यसरी नै तिनै सम्बन्धबीच मिलोमतो र राजीखुसीका सम्बन्धका विषयका उजुरी प्रहरीसम्म कम छैनन् ।

नेपालमा पछिल्लो समय दैनिक ४ बलात्कारजन्य घटना भईरहेको प्रहरीको प्रारम्भिक तथ्यांकले देखाएको छ । गत वर्ष मात्रै नेपालमा १ हजार ४ सय भन्दा बढी बलात्कारका उजुरी प्रहरीमा परेका छन् । प्रहरीमा उजुरी नपर्ने वा घटना लुकाईने गरेका बलात्कार त कति हुन्छन् ?

बलात्कार वा हाडनातामा सम्बन्ध राख्ने हरेक पात्र मानसिक रोगी नै भएको विश्लेषक डा. सुरेन्द्र केसी बताउँछन् । रगतको सम्बन्ध रहेकाहरूसँग ‘हवस’ को सम्बन्ध पनि कायम राख्ने मानसिक रोगी भएको उनको तर्क छ । कानुनले पनि हाडनाता करणीलाई अपराध मानेको छ । कसैले आफूलाई जन्म दिने आमा वा आफूले जन्माएको छोरीलाई करणी गरे जन्मकैद हुने व्यवस्था छ।

सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको सजाय हुनेछ। तीन पुस्तासम्मको हाडनातामा करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

एकै हाँगाको तीन पुस्ताभित्रको करणी भएमा ३ वर्षदेखि छ वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था कानुनले गरेको छ । वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता हेरी ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने छ।

Logo