कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तका बाबु यज्ञराज पन्तले केही महिला अधिकारकर्मीले आफ्नो अपमान गरेको बताएका छन् । "/>

निर्मलाका बाबु भन्छन्, ‘सावित्री सुवेदीले यो निर्मलाको आफ्नै बाबु हो र भन्दै अपमान गरिन’

निर्मलाका बाबु भन्छन्, ‘सावित्री सुवेदीले यो निर्मलाको आफ्नै बाबु हो र भन्दै अपमान गरिन’

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तका बाबु यज्ञराज पन्तले केही महिला अधिकारकर्मीले आफ्नो अपमान गरेको बताएका छन् । आन्दोलनमा सहभागी नभएको भन्दै उनीहरुले ‘तपाई निर्मलाको आफ्नै बाबु हो र ?’ भन्दै अपमान गरेको यज्ञराजको भनाई छ ।

पेटिकोट आन्दोलनकी अभियन्ता सावित्री सुवेदी लगायतका केही महिला अधिकारकर्मीहरुले आफ्नो अपमान गरेका बताएका हुन् । उनीहरुले आन्दोलनमा आउँनुपर्छ भन्दै आफ्नो घरमै आएर अपमान गरेको यज्ञराजको भनाई छ ।

गत मंगलबार हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समितिका पदाधिकारीसहित घरमै आएकी सुवेदीले साँझ आन्दोलनमा आउनुपर्छ भन्दै दवाव दिएको मृतक निर्मलामा बाबु यज्ञराजले बताए । ‘म विरामी छु अहिले औषधी खाएर आराम गरिरहेको छु । भन्दा उनीहरुले यताबाट काठमाडौं गएर आन्दोलन गर्न सक्ने, अरु अरु ठाउँको आन्दोलनमा जान सक्ने तर हामीले गरेको आन्दोलनमा आउन नसक्ने भन्दैं’ आफुलाई दबाब दिएको बताए ।

आफु जान नमानेपछि सावित्रीले निर्मलाको आफ्नै बुवा हो यो भन्दै अपमान गरेको बताए । ‘सावित्री जि ले निर्मलाको आफ्नै बुवा हो यो ? त्यही बेला अन्य ४/५ जना छिमेकीहरु पनि सँगै बसेका थिए । छिमेकीहरुले निर्मलाकै बुवा हो भने । तर सावित्रीले होईन यो निर्मलाको आफ्नै बुवा हो जस्तो लाग्दैंन् । भन्दै मलाई प्रश्न गरेर अपमान गरिन’ उनले भने ।

आफ्नो घरमा आएका मान्छेहरुसँग के जवाफ फर्काउने भन्दै आफु एक शब्द पनि नबोलेपछि उनीहरुले डलर खाएर आफुहरुको आन्दोलनमा नआउने भन्दै अपमानित गरेर गएको उनको गुनासो छ ।

केही अनलाईन र समाजिक सञ्जालमा यो विषय बाहिर आएपछि बिहीबार दवावमुलक संघर्ष समितिले पत्रकार सम्मेलन मार्फत सावित्रीले यज्ञराजलाई दवाव नदिएको जनाएको छ । दवावमुलक संघर्ष समितिका पदाधिकारीले मृतक निर्मलाका आमाबाबुलाई कुनै समुह, एनजिओ आईएनजिओ र केही अधिकारकर्मीले उस्काएर आफ्नो समुहविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

निर्मलाको न्यायका लागि आफुहरु शव फेला परेकै दिनदेखि संघर्षमा उत्रेको बताउदै उनीहरुले अहिले आएर केही अधिकारकर्मीले डलरको खेती गरिरहेको उनीहरुको दावी छ । सावित्री सुवेदीले आफु कञ्चनपुर आउँदा यस्तो आरोप लाग्दा सोच्दै नसोचेको बताए । यज्ञराजसंग छलफल मात्रै गरेको उनको दावि छ । ‘म निर्मला बहिनीको न्यायका लागि यहाँ आएको हुँ, ‘उनले भनिन्, ‘म यहाँ आएपछि केही न केही गर्नुपर्छ ।’

आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने र अब उपरान्त यस्ता बलात्कार जस्ता जघन्य घटना रोक्नका लागि दवाव दिन देशैभरी अभियान चलाएको उनको भनाई छ । अहिले निर्मलाको न्यायका लागि भन्दै होमिएका समुहहरुबीच नै विभिन्न खाले डलर ल्याएको आरोप प्रत्यारोप चलिरहेको छ । विभिन्न समूहमा आन्दोलन हुँदा पीडितले न्याय भन्दा पनि दोषिले उन्मुक्ति पाउने चिन्ता समेत बढेको छ ।

Logo