काठमाडौं । भक्तपुर सुर्य विनायक सडकमा असोज १७ गते ट्रिपरको ठक्करबाट कांभ्रेको नमोबुद्ध डराउने पोखरीका का रामकृष्ण श्रेष्ठको मृत्यु भएको थियो । "/>

ट्रिपरको ठक्करबाट मृत्यु भएका परिवारलाई प्रहरीको अनावश्यक दबाब

ट्रिपरको ठक्करबाट मृत्यु भएका परिवारलाई प्रहरीको अनावश्यक दबाब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भक्तपुर सुर्य विनायक सडकमा असोज १७ गते ट्रिपरको ठक्करबाट कांभ्रेको नमोबुद्ध डराउने पोखरीका का रामकृष्ण श्रेष्ठको मृत्यु भएको थियो । पन्डुबजारमा बा४ख ३६५० नम्बरको मालबाहक ट्रिपरको ठक्करबाट बा८८प ८५२ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको थियो ।

२५ वर्षीय श्रेष्ठ काठमाडौं बागबजारमा प्रिन्टिङ प्रेस संचालन गर्दै आएका थिए । दुर्घटनापछि स्थानीय भिडले ट्रिपरमा आगजनी गरेको थियो । विहीबार विहानै देखि मृतकका आफन्त र ट्रिपरका समिति स्वरोजगार ट्रिपर व्यवसायिकसंघ बीच छलफल भएको थियो । तर छलफलबाट कुनै निष्कर्ष निस्किन सकेको छैन् ।

सरकारी नियम अनुसार कुनै पनि यातायात साधनले ठक्कर दिई दुर्घटना गराएमा र दुर्घटनामा परि व्यक्तिको मृत्यु भएको अवस्थामा ५ लाख रुपैयाँ बिमा मार्फत पाइने क्षतिपूर्ती दिनुपर्छ । त्यस्तै २५ हजार किरिया खर्च दिनुपर्ने हुन्छ ।

सरकारले दुर्घटना कम गर्न केही महिना देखि साँझ ८ बजे देखि बिहान ५ बजे सम्म मात्रै मालबाहक ट्रिपर संचालन गर्ने निर्णय गरेको थियो । तर भए पनि हिजो बुधवार मात्रै काठमाडौं जिल्ला समन्वय समितीले निर्णय बदर गरेका थिए । स्वरोजगार समितिका सचिव युवराज केसीको अगुवाईमा छलफल भएपनि निष्कर्षविहिन भएको हो ।

मृतक श्रेष्ठका श्रीमती र १८ महिनाका छोरा छन् । प्रहरीले समेत पीडित पक्षको भन्दा ट्रिपरको पक्षमा उभिएको छ । प्रहरीले आफुहरुलाई मानसिक दबाब दिएको पिडित पक्षले बताएका छन् । पीडितहरु राज्यपक्षबाट पनि दबाब दिईरहेपछि उनीहरु छलफलबाट उठेर हिडेका हुन् ।

Logo