चितवन । चितवनमा ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका १ बहेराका साउना चौधरीको मृत्यु भएको हो । "/>

ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

केन्द्रबिन्दु
0
Shares

चितवन । चितवनमा ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका १ बहेराका साउना चौधरीको मृत्यु भएको हो । उनकी श्रीमती भने गम्भीर घाइते भएकी छन् ।

बिहीबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएपछि आक्रोशित सर्वसाधारणले ट्रकमा आगजनी गरेका छन्। पूर्वी चितवनको पर्सा बजारमा ना ५ ख ९८६१ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करपछि ट्रकमा स्थानीयले आगजानी गरेका छन् । स्थानीयले आगजनी गर्दा दुर्घटनापछि ट्रकको अगाडि रहेको मोटरसाइकल समेत जलेको छ। घाइते जेनीको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Logo