सिन्धुली । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्ज्याङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । "/>

सिन्धुलीको पिपलभञ्ज्याङमा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

सिन्धुलीको पिपलभञ्ज्याङमा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुली । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्ज्याङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन् । बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुँदा ट्रकका चालक र सहचालकको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा चालक गजुरी गाउँपालिका ५ धादिङका ३० वर्षीय लोकबहादुर मगर र सहचालक सप्तरीको सप्तकोशी नगरपालिकाका १८ का काले भन्ने भोजबहादुर आचार्य रहेको सिन्धुली प्रहरीले जनाएको छ।

दुर्घटनामा सप्तकोशी नगरपालिका सप्तरीका १७ वर्षीय लक्ष्मण परियार गम्भीर घाइते भएका छन्। उनको सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काभ्रेको दुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

दुर्घटनामा सहचालक आचार्यको घटनास्थलमै मृत्यु भएको र चालक मगरको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

File Photo

Logo