बाँके

‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो । "/>

बृद्ध बलात्कारीले भरिदै बाँके जिल्ला कारागार !

बृद्ध बलात्कारीले भरिदै बाँके जिल्ला कारागार !

केन्द्रबिन्दु
0
Shares

बाँके

‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो । असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन् ।

नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ । सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ । ७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्चे दमाई र ७५ काटेका नैने दमाई त्यही थिए । यी दुईबीचमा आफू जस्तै कपाल फूलेका साथी सब्जीबाजे थपिए । काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका हुन् ।

काल्चेले तीन वर्ष अघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए । आमा काम विशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए ।

साथीहरुसँग खेलिरहेकी बालिकालाई काल्चेले फकाएर आफ्नो घरमा लगेका थिए । यो घटनालाई मिलाउनका लागि काल्चेका तर्फबाट धेरै प्रयास भएको थियो । पीडित परिवारलाई ‘आर्थिक’ प्रलोभन देखाइएको थियो । बालिकाकी आमाले पैसाको प्रलोभन स्वीकार गरिनन् । अन्ततः काल्चे ६ वर्षका लागि कारागार पुगे । नैने पनि बलात्कार काण्डमा १० वर्षका लागि कारागारमा पुगेका छन् । यीनलाई जिल्लाले पाँच वर्ष सजाय तोकेकोमा पुनरावेदनले थप पाँच वर्ष थपिदिएको थियो ।

७० वर्ष काटेकालाई जेष्ठ नागरिक भन्ने गरिन्छ । सरकारले ७० वर्ष पुगेकालाई सम्मान स्वरुप भत्ता समेत दिने गरेको छ । सरकारी भत्ता खाने उमेरका बृद्धहरु बालिकालाई जबरजस्ती गरेर कारागारमा थपिदै गएका छन् । बृद्धको पञ्जामा साना बालिका नै परेका छन् किनकी उनीहरुले जवानलाई जबरजस्ती गर्ने आँट गर्न सक्दैनन् ।

नाती–नातिनी खेलाएर घरमा सम्मानको जिन्दगी जिउने उमेरका बृद्धहरु आफै अपराध गरेर जेल बस्दा समाज उल्टोतिर गइरहेको देखाएको छ । बृद्धहरु अपराधी भएका छन् । नेपालगञ्ज कारागार बलात्कारीले भरिदै गएको छ । पछिल्लो हप्ता दिन भित्रै तीन जना कारागार पुगिसकेका छन् भने केही समातिएर अनुसन्धानको दायरामा छन् ।

नेपालगञ्ज कारागारमा ६ सय ८५ जना बन्दी छन् । त्यसमा दुई सय पचास लागु औषधका मात्रै छन् । कर्तब्य ज्यान, बलात्कारपछि मानव बेचबिखन, अपहरण र चोरीका थुनुवा धेरै छन् । अढाई सय क्षमताको कारागारमा ६ सय ८५ जना बन्दीलाई कोचेर राखिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo