चितवन । एम्बुलेन्स रातभर जाममा पर्दा एक विरामीको बाटोमै ज्यान गएको छ । चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लैजाने क्रममा बिरामीको नागढुङ्गामस्थित सडकजामकै बीच एम्बुलेन्सभित्रै ज्यान गएको हो । "/>

एम्बुलेन्स रातभर जाममा परेपछि विरामीको बाटोमै मृत्यु

एम्बुलेन्स रातभर जाममा परेपछि विरामीको बाटोमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन । एम्बुलेन्स रातभर जाममा पर्दा एक विरामीको बाटोमै ज्यान गएको छ । चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लैजाने क्रममा बिरामीको नागढुङ्गामस्थित सडकजामकै बीच एम्बुलेन्सभित्रै ज्यान गएको हो ।

नौविसे–नागढुङ्गा सडक खण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर पुगेपछि मृत्यु भएको हो । चितवनको सौराहा ५५ वर्षीय रजनी चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले उपचार गर्न नसकेपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । तर गएराति देखि नागढुङ्गा नौविसे सडकखण्डको सवारी जामका कारण चौधरीको बाटोमै मृत्यु भएको हो ।

चौधरीलाई लिएर आएको एम्बुलेन्स घण्टौं समय लगाएर पृथ्वी राजमार्ग पार गरेको भएपनि त्रिभुवन राजपथ सुरु हुने बित्तिकै आउने टायलघर पार गर्न नसक्दा एम्बुलेन्समै ज्यान गएपछि शवसहित एम्बुलेन्स चितवन फर्किएको छ ।

Logo