काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य प्रकरणमा मुछिएर निलम्बनमा परेका नेपाल प्रहरीका दुइ अधिकृतको निलम्बन फुकुवा गरिएको छ । "/>

सुनकाण्डमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

सुनकाण्डमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य प्रकरणमा मुछिएर निलम्बनमा परेका नेपाल प्रहरीका दुइ अधिकृतको निलम्बन फुकुवा गरिएको छ । उच्च अदालतले सफाई दिएपछि गृह मन्त्रालयले एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरेको हो । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी उनीहरुलाई निलम्बन गरिएको थियो ।

उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि लोहनी र खनालको निलम्बन फुकुवा गरिएको गृहका सचिव प्रेमकुमार राइले जानकारी दिए ।

गृहमन्त्रालय डिएसपी केसीको कारवाही फुकुवाबारे मौन छ । उनीहरुले दिएको निवेदनका आधारमा लोहनी र खनालको कारवाही फुकुवा गरिएको गृह सचिव राइले बताए ।

 

Logo