गोरखा

डेढमहिने शिशु च्यापेर एउटा सुत्केरीलाई टहरामा गुजारा चलाउन कति सकस होला ? बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उनले बिहानबेलुका हातमुख जोर्न पनि परिवारको रूखो वचन सहनुपर्छ । "/>

न भोक न निद्रा, टहरामा बास : अविवाहित सुत्केरीलाई परिवार र समाजद्वारा तिरस्कार

न भोक न निद्रा, टहरामा बास : अविवाहित सुत्केरीलाई परिवार र समाजद्वारा तिरस्कार

केन्द्रबिन्दु
0
Shares

गोरखा

डेढमहिने शिशु च्यापेर एउटा सुत्केरीलाई टहरामा गुजारा चलाउन कति सकस होला ? बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उनले बिहानबेलुका हातमुख जोर्न पनि परिवारको रूखो वचन सहनुपर्छ । सुत्केरी आमाले त जसोतसो पुराना कपडा फेरफार गर्दै आएकी छन् तर शिशुका लागि स्वास्थ्य चौकीले दिएको न्यानो झोला बाहेक अन्य कपडा छैन । गोरखा नगरपालिका ४ की २० वर्षीया सिर्जना आले भोक न निद्रासँग गुजारा चलाइरहेकी छिन् ।

उनी अविवाहित हुन् । साउन २४ गते सुत्केरी भएकी उनलाई स्वास्थ्य संस्थामा कसैले लगिदिएन । उनलाई परिवारले छिःछिः र दुरदुर गरिरहन्छन् । रूखो वचन नलगाई खानेकुरा दिँदैनन् । ‘आजै गइहाल्, भोलि नै गइहाल् भन्छन्’, गहभरि आँसु बनाउँदै उनले भनिन्, ‘म घरमा बस्छे भनेर अहिलेसम्म भूकम्पमा बनाएको नयाँ घर छाएका पनि छैनन् । मैले छाडेर गएपछि छाउने भनेका छन् ।’ उनी घरकी कान्छी छोरी हुन् ।

कम बोल्ने सुस्त स्वभावकी उनी भीमसेन थापा गाउँपालिका बगुवाका युवकसँग प्रेम सम्बन्ध रहेको बताउँछिन् । गत वर्ष असोजमा उनी ती युवकसँग गएकी थिइन् । युवकले दाजुको घरमा राखेका थिए । पेटमा बच्चा भएको थाहा पाएपछि युवक सम्पर्कमा नरहेको उनले बताइन् । उनको भनाइ अनुसार ती युवक गाडीका सहचालक थिए ।

अहिले उनी न त आफू ती युवकलाई खोज्न जान सक्छिन् न त परिवारले नै सघाउँछ । उनलाई दिनरात आमाले ‘कसको पेट बोकेकी होस्, गइहाल्’ भन्दै हकार्छिन् । मंगलबार दिउँसो उनीकहाँ पुग्दा आमा सुशीला आलेले भनिन्, ‘कसको हो भनेर सोध्दा भन्दिन, हामीले थाहा पाउन पाए उसैकहाँ पठाउन हुन्थ्यो, खै र भनेकी ?’ परिवारको चाहना छोरीलाई छिटो घरबाट धपाउन पाए हुन्थ्यो भन्ने छ । तर उनलाई न्याय दिलाउन परिवारको साथ छैन । सुत्केरी भएको दिन देखि सिर्जना टहरामा छिन् । परिवारका अन्य सदस्यले जे खान्छन्, त्यही खान्छिन् । पाकेका बेला दिन्छन् नभए भोकै ।
नागरिकबाट

Logo