काठमाडौँ

२९५ किलो अवैध गाँजासहित मकवानपुरबाट एक ट्यांकर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका २२ अम्लेखगंजका ३८ वर्षिय प्रल्हाद ठकुरी रहेका छन् । "/>

२९५ किलो अवैध गाँजा सहित ट्यांकर चालक पक्राउ

२९५ किलो अवैध गाँजा सहित ट्यांकर चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

२९५ किलो अवैध गाँजासहित मकवानपुरबाट एक ट्यांकर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका २२ अम्लेखगंजका ३८ वर्षिय प्रल्हाद ठकुरी रहेका छन् ।

ठकुरीलाई विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाण्डौंबाट खटीएको प्रहरी अधिकृत सहितको टोलीले मंगलबार बिहान ५ बजे मकवानपुर मनहरी गाँउपालिका ७ रमनटार स्थित लोकमार्ग नजिक पक्राउ गरेकोे हो ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ४ ख ३९६९ नम्बरको ईन्धन बोक्ने ट्याङ्करलाई चेकजाँच गर्ने क्रममा उक्त ट्याङ्करमा रहेका ५ चेम्बर मध्ये २ चेम्बरमा प्लाष्टिकले बाँधी २२ वटा पोका बनाई लुकाई छिपाई भारत तर्फ लैजान लागिएको अवस्थामा प्रहरीले ट्याङ्कर चालक ठकुरीलाई पक्राउ गरेको हो ।

बरामद गरिएको गाँजा चितवन तथा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भई संकलन गरी भारत तर्फ ओसार पसार हुन लागेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । बरामद गरिएको लागू औषध गाँजाको अबैध बजार मुल्य अन्दाजी ४५ लाख बराबर पर्न जाने बुझिएको छ । ठकुरीमाथि थप अनुसन्धान भैरहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo