काठमाडौं । एसिड आक्रमणमा परेर घाइते भएकी वसन्ती परियारलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ । कावासोती नगरपालिका १० हरमासी टोलकी २७ वर्षीया वसन्तीमाथि असोज ९ गते एसिड र चक्कु प्रहार गरिएको थियो । "/>

एसिड पिडित बसन्तीका श्रीमानले यसरी सुनाए कहालीलाग्दो त्यो घटना (भिडियोमा)

एसिड पिडित बसन्तीका श्रीमानले यसरी सुनाए कहालीलाग्दो त्यो घटना (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एसिड आक्रमणमा परेर घाइते भएकी वसन्ती परियारलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ । कावासोती नगरपालिका १० हरमासी टोलकी २७ वर्षीया वसन्तीमाथि असोज ९ गते एसिड र चक्कु प्रहार गरिएको थियो ।

अहिलेसम्म उनको भरतपुर अस्पतालमा उपचार भईरहेको थियो । थप उपचारको लागि काठमाडौं ल्याईएको हो । यतिबेला उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी बसन्तीमाथि ३० वर्षका विमल श्रीपालीले एसिड र चक्क प्रहार गरेका थिए । उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको थियो । विशेषगरी अनुहार पूर्ण रुपमा जलेको छ ।

एसिड पिडित बसन्तीलाई थप उपचारको लागि काठमाडौं ल्याईयो (भिडियोसहित)

दुई छोराछोरीकी आमा रहेकी बसन्तीलाई विवाह गरौं भन्दा नमानेपछि एसिड र चक्कु प्रहार गरिएको हो । यतिबेला उनका श्रीमान यमनारायणलाई एकातिर श्रीमतीको चिन्ता छ भने अर्कोतिर ति पापीलाई कसरी कानूनको कठघेरामा पुर्‍याउने भन्ने । एक महिना अघि विदेशबाट घर आएका यमनारायण यतिबेला मनमा निकै पीडा लिएर बसिरहेका छन् ।

असोज ८ गतेको त्यो साँझ । घाम डुबिसकेपछि जब वसन्ती तरकारी किन्न आफ्नी बहिनी सञ्जुलाई साथ लिएर डन्डाबजार निस्किएकी थिइन्। घरबाट मीठो बोलेर निस्किएकी वसन्तीलाई एक घन्टापछि यमनारायणले अस्पतालमा देखेका थिए ।

मध्यबिन्दु अस्पतालको आकस्मिक कक्षमा वसन्ती आँखा चिम्लिएर ढलेकी थिइन्। छुरा घोपिएको कोखा र पेटबाट निस्किएको रगतले कपडा लतपतिएका थिए। एसिड पोखिएको वसन्तीको अनुहार विस्तारै बदलिँदै गएको थियो।

घरबाट तरकारी किन्न निस्किएकी वसन्तीलाई त्यस्तो अवस्थामा देख्दा यमनारायणले केही समय त सोच्ने शक्ति नै गुमाएका थिए। यमनारायण वसन्तीको यो हालत गराउने व्यक्ति सम्झेर क्रुद्ध बने। ‘त्यस्तो मान्छेलाई त फाँसीको सजाय दिनुपर्ने हो,’ उनी निकै गर्जिए ।

Logo