काठमाडौं । एसिड आक्रमणमा परेर घाइते भएकी वसन्ती परियारलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ । कावासोती नगरपालिका १० हरमासी टोलकी २७ वर्षीया वसन्तीमाथि असोज ९ गते एसिड र चक्कु प्रहार गरिएको थियो । "/>

एसिड पिडित बसन्तीलाई थप उपचारको लागि काठमाडौं ल्याईयो (भिडियोसहित)

एसिड पिडित बसन्तीलाई थप उपचारको लागि काठमाडौं ल्याईयो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एसिड आक्रमणमा परेर घाइते भएकी वसन्ती परियारलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ । कावासोती नगरपालिका १० हरमासी टोलकी २७ वर्षीया वसन्तीमाथि असोज ९ गते एसिड र चक्कु प्रहार गरिएको थियो ।

अहिलेसम्म उनको भरतपुर अस्पतालमा उपचार भईरहेको थियो । थप उपचारको लागि काठमाडौं ल्याईएको हो । उनी खतरा मुक्त भएपनि थप उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको सामाजिक अभियान्ता खुस्बु प्रधानले जानकारी दिईन् ।

कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी बसन्तीमाथि ३० वर्षका विमल श्रीपालीले एसिड र चक्क प्रहार गरेका थिए । उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको थियो । विशेषगरी अनुहार पूर्ण रुपमा जलेको छ ।

शरिरको ३० प्रतिशतभन्दा बढी भाग जलेमा मान्छेको बच्ने सँम्भावना अत्यन्तै कम हुन्छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको थियो । उनको दायाँ गालाको हड्डी फुटेको थियो । भने देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको थियो । त्यस्तै देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको थियो ।

‘मेरो जिन्दगी बर्वाद पारिस’ भन्दै अर्काकी श्रीमतीमाथि एसिड र चक्कु प्रहार

 

Logo